युवालाई बिदेश पठाए पछि देश कसरी बन्छ,
निर्दोशहरु लाई ठटाए पछि देश कसरी बन्छ।
महिलाको अश्मितामाथी खेलगर्ने बद्मासलाई,
जेल जान बाट उम्काए पछि देश कसरी बन्छ।
साम्राज्यवाद ले सदै अति क्रमण गर्दै आएको,
उनैलाई आफ्नो जताए पछि देश कसरी बन्छ।
दिनौ तस्कार हुन्छन मानव समेत हाम्रो देशमा,
सिमानामै तार नलगाए पछि देश कसरी बन्छ।
गास बास कपासका लागि बिदेशीलाई धाउँने,
जनताहरुले दुःख पाए पछि देश कसरी बन्छ।
सात दशकमा बनेको सम्बिधान त भएन लागु
राष्ट्रीय झण्डा ओच्छाए पछि देश कसरी बन्छ।
सुरेशकुमार पान्डे।