शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • देशभित्र अंझै नि कोरोनाको कहर

देशभित्र अंझै नि कोरोनाको कहर

  • शनिबार, साउन २३, २०७८
देशभित्र अंझै नि कोरोनाको कहर

देशभित्र अंझै नि कोरोनाको कहर उस्तैछ,
युवाहरुलाई बिदेश नगई नहुने कर उस्तैछ।

कस्लाई के भनौ जीवन त धान्नै पर्यो हामी,
आफ्नै देशको सरकारको पनि भर उस्तैछ।

नऔषधी नउपचारछ नाम पनि कोरोना हो,
कति बेला लाग्छ त्यही भाईरस डर उस्तैछ।

अरुको देशमा खोजि खोजि खोप लगाउने,
देशभित्र खोपमा पनि धांद्ली गदर उस्तैछ।

बिरोध गर्दा नि सुन्दैन सरकारले ढिड भयो,
हेरन गरिबको यो दिनौरातको डगर उस्तैछ।

देश बिदेशमै कराएकाछन देशका नागरिक,
तर पनि सरकार लाई समेत वेअसर उस्तैछ।

चर्चामा

सम्बन्धित समाचार