
शिवजी मण्डेल / बझाङ–असार २६ गतेदेखिको अविरल वर्षाले थलारा गाउँपालिका वडा नम्बर – ५ मा १ घर भत्किएको छ । वडा नम्बर – ५ का माने सार्कको २ कोठे १ तले घर भत्किएको हो । घर भत्किदा उनका ७ जना परिवार समस्यामा परेका छन् । ३ वर्ष अगाडि जनता आवास कार्यक्रम अन्तरगतबाट बनेको उक्त घर भत्किदा करिब ३ लाख बराबरको क्षति भएको पीडित सार्कीले बताए । वर्षातले घरपछाडिको बारीबाट पहिरो आउँदा घरको जस्ता पाता र पछाडि पट्टीको वालमा क्षति पुग्दा बस्नै नबस्ने अवस्था भएको उनको भनाइ छ ।
पहिरोले घर भत्काएपछि प्रहरी मुचुल्का बनाइएको र राहतका लागि सबैसँग अपिल गरिरहेको उनको भनाइ रहेको छ
