• होमपेज
  • गौमुल
  • बिभिन्न निति तथा कार्यक्रम पास गर्दै, गौमुल गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न

बिभिन्न निति तथा कार्यक्रम पास गर्दै, गौमुल गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न

  • बिहिबार, असार १०, २०७८
सेयर गर्नुहोस् :
बिभिन्न निति तथा कार्यक्रम पास गर्दै, गौमुल गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न

बाजुरा — जिल्लाको गौमुल गाउँपालिकामा महोत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ गाउँपालिकाको नवौं गाउँसभाबाट पूर्वाधार विकासमा यसै आर्थिक बर्ष भित्र सबै वडामा सडक पुर्याइने छ भएको छ । भने पुगेका वडाहरुमा मर्मत तथा सडक पिचको योजनाबाट अगाडी बढीने, सबै प्रकारका भौतिक पुर्वाधारहरुलाइ क्रमस निर्माण गर्ने र जिर्ण रहेका संरचनाहरुलाई मर्मत सम्भार गर्दै लगिने भएको हाे ।

विद्यालय भवनहरुको पुःन निर्माण तथा सुधारका कार्यक्रमहरुलाई निरन्तरता दिइदै दिने, आगामी दुई वर्षभित्र झलुङ्गे पुल आवश्यक भएका ठाउँहरुमा निर्माण गरि सकिने छन्, यसै वर्ष पालिका भरी सुचारु हुने गरि टेलिफोनको सुविधा उपलब्धका लागि बिशेष पहल गरिने, गाउँपालिका भरी उत्पादित लघु जलबिधुत आयोजनाहरुलाई एकिकृत मोडेलमा लगिने नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै विद्युत महशुल कर्मचारीको पारिश्रमिकलाई पनि एकरुपता ल्याइने, साथै ग्रामिण विद्युत तथा राष्ट्रिय प्रसारण लाईन जोड्न विशेष पहँल गरिने, पालिकामा निर्माण हुने पूर्वाधारहरुमा बालमैत्री अपाङ्ग मैत्री बनाउँदै लगिने, आर्थिक वर्ष श्रावण महिना देखि लागु हुने गरी भवन आचारसंहिता लागु गरिने, व्यक्तिगत घर तथा सामुदायिक भवन निर्माण गर्दा अनिवार्य रुपमा पालिकाबाट नक्सा पास गराउनु पर्ने व्यवस्था लागु गरिने नीति लिएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

यस्तै सिन्चित क्षेत्रको पहिचान गरि ठुला सिचाई आयोजनाहरुलाई प्रदेश तथा संघिय सरकारमा लैजाने र साना सिचाईहरुलाई क्रमस निर्माण गर्दै लगिन, छरिएर रहेको गाउँ बस्तीलाई एकिकृत मोडेलमा लागि गाउँ शहर मोडेलबाट अगाडि वढ्नका लागि आवश्यक अध्ययन कार्य अगाडि वढाइन, पालिका भित्र केवुलकारको सम्भावना अध्ययन सुरु गरिने, मुख्य सडक बाहेक गाउमा डोजर लगाउने कामलाइ निरुत्साहीत गरिदै लगिन, गाउँपालिकाको आफ्नै जेसिबी मेशिन हुने छ र आगामि आवमा खरिद गरि व्यवस्थापन गरिने नीति लिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
सामाजिक विकासः शिक्षामा सुधार ल्याउन अल्पकालिन ‚मध्यकालिन र दिर्घकालिन रणनिती अगाडी बढाइने छ, कक्षा ३ सम्म अनिवार्य अग्रेजी कक्षा लागु गरीने छ र ३ सम्मका सबै शिक्षकहरुलाइ तालिमको ब्यवस्था दिलाइने छ, प्रत्येक हप्ता कक्षा टेष्टलाइ अनिवार्य वनाइनेछ । त्रैमासिक रुपमा अन्तर विधालय कक्षा टेष्ट गर्ने व्यवस्था मिलाइने छ । कक्षा शिक्षणमा शैक्षिक सामाग्रीको प्रयोगलाइ अनिवार्य वनाइने छ । शैक्षिक सामाग्री प्रयोग नगर्ने विधालय तथा शिक्षकको मुल्याकनमा फरक पार्ने व्यवस्था गरिने छ ।

विधालय हाता भित्र वा बिधालय भन्दा ३०० मिटर नजिक जंगफुड बिक्रिवितरणमा रोक लगाइने छ । सो बारेमा सचेतना जगाउने र गाउँपालिका भित्र यस क्षेत्रको नियमित अनुगमन गरिने छ । आगामी बर्ष भित्र सबै बिधालयहरु इन्टरनेटको व्यवस्था मिलाइने छ, भने महिनावारी स्वत्छता सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन गरिने । स्थानीय पाठ्यक्रमलाइ बालबालिकाको जिवन पद्धतीसंग जोड्दै लगिनेछ भने अनिवार्य करेशावारी तथा सरसफाइलाइ मुल आधार बनाइने छ । विद्यार्थीको विद्यालमा न्युनतम उपस्थिति ७५ प्रतिशत को मापदण्डमा पुर्याउन महिना सकिएको सात दिनभित्र ७५ प्रतिशत हाजिरी नहुने विधार्थीको अभिभावकलाइ विधालयमा उपस्थिती गराइ परामर्श बैठकको व्यवस्था मिलाइने छ ।
भौगोलिक विकटता भएता पनि राष्ट्रीय मापदण्ड पुरा नगरी विधार्थी सख्या कम भएका सेवा क्षेत्र भित्रका शिक्षक दरबन्दी नभएका कम्तीमा ३० मिनेट दुरी नजिक हुन सक्ने विधालयहरु गाभिदै लगिनेछन् । गाभिएर जाने विधालयको भौतिक संरचना आवासिय तथा पुर्ण बालमैत्री बनाइदै लगिनेछ । साथै मापदण्ड नपुग्न सक्ने वालकक्षाहरुलाई नियमाअनुसार वन्द गरिने व्यवस्था मिलाईने छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुल को राष्ट्रीय नारालाइ सार्थक पार्दै यस क्षेत्रका बालबालिकालाइ खेलकुदमा जोड्नका लागि विधालय स्तरमा खेलकुदलाइ अनिवार्य वनाइने छ । हाल योगाभ्यासको महत्व बढ्दै गएको र योगले मानिसलाइ स्वस्थ्य बनाउन सक्ने भएकाले विधालय स्तरबाटै योग शिक्षालाइ जोड्दै लगिने छ । प्रत्येक बिधालयमा योग शिक्षक प्रशिक्षक तालिम प्रदान गरिने छ । बालबालिकालाई भविश्यमा कुनै पनि क्षेत्रमा अध्ययन गर्न सक्ने पेशा गर्न सक्ने र बिषय विज्ञ हुन सक्ने कुरालाइ मध्यनजर गर्दे सानो उमेरबाटै उसको रुचि अनुसारको बातावरण विधालय स्तरबाट दिनु पर्नै हुन्छ त्यसका लागि खेल शिक्षक, संगित शिक्षक र नृत्य शिक्षकको व्यवस्था गरि निरन्तर अभ्यासलाइ निरन्तरता दिइने छ ।

बिद्यालयको अतिरिक्त क्रियाकलापलाइ प्रभावकारी बनाउन वालक्लवलाइ सक्रिय बनाउने प्रकारका कियाकलापलाई शसक्तीकरण गरिने छ । बालविबाह न्यूनिकरण गरि वालबिवाह रहित समाज निर्माणका लागि बालक्लवहरुलाइ परिचालन गरिनेछ भने बिधालय उमेर समुहका बिधालय पढ्ने वालवालिकाले वाल बिवाह गरेमा ििवद्यालय प्रधानाध्यापक र अध्यक्ष बढी जिम्मेवार हुने व्यस्था कायम गरिने छ । सबै विद्यालका पुर्वाधारहरु आगामी दुई वर्षभित्र सम्पन्न गरि सकिने छ भने कक्षा ६ देखि माथी बिद्यालयहरुमा अनिवार्य सेनिटरी प्याड बिसर्जन

स्वास्थ्य : शौचालय निर्माण कार्य आगामी बर्ष भित्र सम्पन्न गरिसकिने छ । आधारभुत स्वास्थ्य र पोषण सेवा प्रत्येक घरपरिवार र जेष्ठ अपाङ्ग तथा आम नागरिकसम्म पुग्ने गरि सेवा प्रवाहमा बिशेष जोड दिइने छ । कोभिड १९ जस्ता विपद् जन्य महामारीको प्रभावबाट जोखिम कम गर्न सबै वडाहरुमा सचेतना कार्यक्रम तथा भौतिक पुर्वाधारहरु निर्माण प्रक्रियालाइ बिशेष जोड दिइनेछ यसका लागी प्रदेश तथा सघिय सरकारमा पहल गरिने छ ।

स्वास्थ्य सेवालाइ हरेक घरपरिवार र विधालयमा पुराउने व्यवस्था मिलाइने छ । मेरो स्वास्थ्य, मेरो जिम्मेवारीहरेक नागरिकलाइ आफ्नो स्वास्थ्यको आफै जानकारी लिने र ख्याल राख्न सहयोग पुग्ने गरी पहुच नभएका बस्तीहरुमा घुम्ती स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सचालन गरिने छ । स्वास्थ्य सस्थाका कर्मचारीहरुले दिनरात नभनी खटीनु पर्नै अवस्थालाइ मध्यनजर गरि तलवमानमा बृद्धी गरिएको छ भने सेवालाइ प्रभावकारी वनाउन एक गाउँ एक स्वास्थ्य क्रमीका साथ स्वास्थ्य समुदाय परिचालकका रुपमा आवस्यकता अनुसार खटाइने छ । पालिकामा निर्माण हुन लागेको १० सैया अस्पतालको निर्माण कार्यलाइ तिव्रता दिइनेछ भने भौगोलिक विकटताका कारण अर्को अस्पताल पालिकाको केन्द्र स्थित घटमुनामा निर्माणका लागि पहल गरिने छ ।

हाल पालिकाको केन्द्रमा बिषय बिज्ञ डक्टर तथा आधुनिक प्रविधीबाट उपचारको व्यवस्था गरिनेछ । क्रमश सबै वडाहरुमा ल्याव स्थापना गरि सेवालाइ प्रभावकारी बनाइने छ । स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीलाइ व्यवस्थित गर्न प्रत्येक व्यक्तीको स्वास्थ्य सम्बन्धी जानकारी लिइने व्यवस्था गरिएको छ । स्वास्थ्य कर्मीहरुलाइ २४ सै घण्टा स्वास्थ्य सेवाका लागि उपस्थित गराइने छ । त्यसका लागि स्वास्थ्य कर्मीहरुलाइ स्वास्थ्य संस्थामै आवासको व्यवस्था गरिने छ । स्वास्थ्य संस्थाहरुलाइ पुर्ण रुपमा जनतामैत्री बनाइदै लगिने छ ।

हरेक टोलका स्वास्थ्य आमा समुह तथा बुवा समुहलाइ स्वास्थ्य सम्बन्धि सचेतनामुलक तालिमहरु सचालन गरी स्वास्थ्य शिक्षालाइ बढि प्रभावकारी बनाउँदै लगिने छ । प्रसुती केन्द्रको सुदृढ गर्दै घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाइ शुन्यमा झारी पालीकालाइ संस्थागत सुत्केरी पालिका घोषणा गरिने छ भने शिशुमृत्युदरलाई शुन्यमा लिने प्रयत्न गरिने छ ।
वास्तविक तथ्यांकको आधारमा खोपको शत प्रतिशत पोषण र सुरक्षित मातृत्व कार्यक्रमको कभरेज सत प्रतिशत र परिवार योजना कार्यक्रमको कभरेज ४० प्रतिशत भन्दा माथी पुर्याइने छ ।
१००० दिनको अवधिमा आमा तथा बच्चाको स्याहारका लागि घरपरिवार तथा पुरुषहरुको सहभागितामा वृदि गराउन विशेष कार्यक्रम तर्जुमा गरिनेछ । महिनावारी तथा सुत्केरी भएको बेला महिलाहरुलाइ बिना भेदभाव पोषीलो खाने कुरा दिने अभियान संचालन गरिनेछ भने यो अभियानमा बिशेषतह जिम्मेवारीमा रहेका व्यक्ती तथा घरपरिवारबाट शुरु गरिने छ ।

बालभीटा कार्यक्रमलाइ प्रभावकारी गर्नको लागी स्वास्थ्य संस्थाबाट बालभिटा वितरण महिला स्वास्थ्य स्वयम सेविकालाइ अभिमुखिकरण तथा महिला स्वयम सेविका मार्फत आमा समुहको बैठकमा आमाहरुलाइ बालभिटाको महत्वको बारेमा जानकारी दिने कुरालाइ बिशेष रुपमा बढाइने छ ।
स्थानीय पोषणयुक्त खानालाइ प्रबर्द्धन गर्ने खालका खाध प्रदर्शनी गर्ने । सुनौला हजार दिनको महत्वपूर्ण अवसरमा पोषण नाङ्लो प्रदर्शनी गर्ने र पोषण चौतारी जस्ता क्रियाकलापहरुको कार्यान्वयन र निरन्तरतामा विशेष जोड दिइने छ ।
स्वास्थ्य विमालाइ हरेक घरपरिवारमा जोड्न बिशेष पहल गरिनेछ । यस बर्ष ७५ प्रतिशत जनतालाइ विमामा सहभागि गराइने छ ।

प्रत्येक स्वास्थ्य संस्थाहरुमा भिडियो एक्स रे सेवा सुचारु गरिनेछ भने स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको बस्ती तथा टोलमा गाउँघर क्लिनीक र खोप क्लिनीक संचालन गरिनेछ । औषधी तथा औषधी जन्य ११० प्रकारका औषधी स्वास्थ्य संस्थाहरुमा निशुल्क उपलब्ध गराइने छ । आमा बाबुको सक्षमता स्तनपानको सफलताका साथ समुदाय स्तरमा पूर्ण स्तनपान गराउन सचेतना कार्यक्रम सचालन गरिने छ । सुत्केरी पश्चात ३ दिन र ७ दिनको दिन स्वास्थ्य कर्मीले अनिवार्य घरभेट्न गै स्वास्थ्य चेकजाच गर्ने व्यवस्था मिलाइने छ । सुखि र स्वस्थ परिवार बनाउनका लागि स्वास्थ्य सस्थाबाट सेटलाइट क्लिनीक सचालन गरिने छ ।

वडा न ३ को गर्जे र वडा न १ को दुर्गालीमा प्रस्सुती सेवा सचालनका लागि आश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था मिलाइने छ भने त्यसका लागी सम्बन्धीत वडाको स्वास्थ्य सस्थाबाट कर्मचारी खटाइने छ । खानेपानीः गाउँपालिकाले तयार पारेको जलउपयोग गुरुयोजनालाइ समिक्षा गर्दै विधमान सबै खाले खानेपानी सिँचाइ लगायतका जलस्रोत सम्बन्धी योजनाहरुको सञ्चालन तथा व्यवस्थापकीय अवस्था अधावधिक गरी सबै समितिहरुलाइ जलस्रोत नियमानवली बमोजिम दर्ता एवम् अधावधिक र नविकरण गर्ने व्यवस्था मिलाइ गाउँपालिका स्तरमा सो क्षेत्रको सुचना व्यस्थापन प्रणाली स्थापना गरिने छ ।
गाउँपालिकामा खानेपानीको पहुच ९० प्रतिशत माथि रहेपनि निर्माण भएका योजनाहरुलाइ पुर्न सुधार तथा मर्मत सम्भारको कामलाइ निरन्तरता दिइने छ ।

निर्माण सम्पन्न भैसकेर समुदायमा हस्तान्तरण भएका खानेपानी आयोजनाहरुको निरन्तर रेखदेख तथा मर्मत सुधार गर्ने र सरसफाइ स्वच्छता भएको समाज निर्माण गर्न सजिलोको लागि संयन्त्र तयार पार्न गाउँपालिकामा एक खानेपानी सरसफाइ स्वच्छता व्यवस्थापन बोर्ड गठन गरिने छ ।

सरसफाई महिला बालवालीका तथा अपाङ्ग
महिला तथा किशोरीहरुको आत्मसम्मानको रक्षा गर्दै सुरक्षित र स्वच्छ तरिकाले बाँच्न पाउने अधिकारको सुनिश्चितता र महिनावारी भएको समयमा अपनाइने विभिन्न हानीकारक अभ्यासहरुको निर्मुल गरी महिला र किशोरीहरुको आत्मसम्मानको रक्षा गर्न मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको लागी आवश्यक व्यवस्था मिलाइने छ ।

नेपाल सरकारको पूर्ण सरसफाइ निर्देशिका २०७५ बमोजिम गाउँपालिकाले वि स २०७९ भित्र गाउँपालिका लाई पुर्ण सरसफाइ युक्त एवम् छाउगोठ मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य बमोजिम गाउँपालिका भित्रका समुदायलाइ पूर्ण सरसफाइ उन्मुख तथा विध्यालयहरुलाइ तीन तारा पद्धतीमा विकास गर्न एवम् कोभिड १९ जस्ता महामारी र पानी जन्य रोगहरुबाट बच्न बडा तथा समुदायस्तरमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिने छ । यसका लागि विध्यालय, समुह संघसंस्थाहरुलाई अभियानमा संङलग्न गराईने छ । विभिन्न पानीजन्य रोगहरुबाट उत्पन्न हुन सक्ने महामाररीहरुबाट सुरक्षित रहन स्रोत एवम् घरायसी स्तरमा पनीको गुणस्तर परिक्षणको व्यवस्था मिलाइने छ ।

हाल गाउघरमा व्याप्त रुपमा देखिएको अखाध्य तथा गुणस्तरहिन विषादि युक्त खाध्यपदार्थ को प्रयोगले जनस्वास्श्यमा दिन प्रतिदिन प्रतिकुल असर प्रर्ने देखिएकाले यस प्रकारका खाध्यपदार्थहरुलाई पूर्णरुपमा रोक लगाईने छ । वडा न ६ को घट्मुना वाहेक सवै वडाहरुमा चाउमिन लाई पूर्णरुपमा वन्द गरिने छ ।

समाजमा रहको व्याप्त बिकृतीहरुको अन्त्यका लागी सामाजिक एकरुपता कायम गर्दै तत् सग संलग्न व्यक्ती समुदायलाइ क्रियाशिल बनाउँदै लगिने छ । छाउपडी छुवाछुत जस्ता बिकृतिकुसंस्कारहरुको जडैबाट हटाउन क्रमीकरुपमा सचेतनाका कार्यक्रमहरु संचालन गरिदै लगिने छन् ।

जेष्ठ नागरिक असहाय अशक्त र बालवालिकाहरुका लागि घरमै गएर उपचार गर्ने कार्यको थालनि गरिनेछ भने गर्भवती महिलाहरुलाइ समय समयमा भिडियो एक्सरे प्रत्येक वडा केन्द्रहरुमा नै चेकजाँच गरिने छ ।अपाङ्गता भएका व्यक्तीहरुलाइ परिचयपत्र बितरण कार्यलाइ दैनिक सेवा प्रवाह गरीनेछ ।

कतिपय परम्परागत संस्कृतिहरुले यस पालिकाको पहिचान तथा शान बढाउने देखिन्छन र यीनको संरक्षण तथा प्रवर्द्धन आवश्यक देखिन्छ । यस प्रकारका पुराना परम्परागत हेन्डमेड सामाग्रीहरुको एउटा संग्रहालय तयार पारीने छ
लैगिंक समानता कायम गर्नका लागि हरेक क्षेत्रमा समावेशितालाइ बिशेष जोड दिइनेछ । उपभोक्ता समिती समुह संस्थामा मुख्य पोस्टहरुमा अनिवार्य महिला समावेशको निती लिइने छ । सेवा सुविधा प्रदान गर्दा यस पालिका भित्रका दलित समुदायलाई पहिलो प्राथमिकतालाइ अनिवार्य गरिने छ ।

सुनौला हजार दिनका आमाहरुलाइ पोषण सम्बन्धी तालिम तथा कुखुराका चल्ला वितरण कार्यक्रमलाइ निरन्तरता दिइने छ । गाउँपालिका स्तरमा बहुउद्देश्यसिय स्तरको खेलमैदान निर्माणमा विसेष जोड दिईने छ भने गाउँपालिकामा रहेका खेलाडिहरुलाई सक्रिय बनाउनका लागि समय समयमा खेलकुद कार्यक्रम बनाईने छन ।
महिला सग उपाध्यक्ष यस कार्यक्रम मार्फत महिला तालिम उधमी महिलालाइ सामाग्री हस्तान्तरण तथा अन्य कार्यक्रम सचालन गरिनेछन ।
आर्थिक विकासः कृषिमा मन देउ अनुदान लेउूकृषी क्षेत्रमा युवाहरुलाइ आकर्शित गरी कृषीमा रोजगारी दिइ स्थानीय उत्पादनमा उल्लेख्य बृद्धी गराइनेछ भने उत्पादित बस्तुको बजार सम्म लैजाने ढुवानीको व्यवस्था गाउँपालिकाले गर्ने छ ।
उन्नत जातका तरकारी फलफुल बिउ विजनलाइ सत प्रतिशत अनुदानमा वितरण गरिने छ । तर ५० प्रतिशत रकम अग्रिम धरौटी लिने व्यवस्था गरिनेछ । प्रकोप बाहेक फलि सके पश्चात प्रतिफलका आधारमा धरौटी फेर्ता गरिने छ ।

बार्षीक रुपमा उत्कृष्ट कृषकलाइ पूरस्कारको व्यवस्था गरिनेछ ।कृषकबाट उत्पादित बस्तुको प्रदर्शन गराउने र बाली अनुसारको उत्कृष्ट कृषक छनौट गराइ पुरस्कृत गराउने काम निरन्तर रुपमा गराइने छ । गाउँपालिका भरिको माटो परिक्षण गरि माटो अनुसारको उत्पादन पकेट क्षेत्र तोकि आवश्यक बिउविजन तथा तालिम सामाग्री र अनुदान आदी दिइने छ ।

समय समयमा कृषकहरुलाइ तालिम दिने र उत्कृष्ट कृषकलाइ भ्रमण गराउने कार्यक्रमलाइ निरन्तरता दिइने छ । पालिकामा एउटा कोल्ड स्टोर स्थापना तथा विउकेन्द्र स्थापना गरिने छ । यो कार्य आगामी आ व सम्ममा सम्पन्न गरिसकिने छ । बाली बिमा कार्यक्रमलाइ बिशेष जोड दिइने छ । सबै परिवारलाइ टनेल हावस उपलब्ध गराउँदै लगिनेछ । यो कार्य आगामी आ व मा पुरा गरिने छ ।

एक कलष्टर एक मसला बाली उत्पादन कार्यक्रम लागु गरिनेछ । अदुवा लसुन प्याज टिमुर हल्दी अकवरे खुर्सानीलाइ बिशेष जोड दिइने छ । परम्परागत रैथाने बाली को जगेर्ना तथा व्यवसाय खेती तीर आकर्षण बृदि गर्दै लगिनेछ भने उत्पादित बस्तुलाइ बजार सम्म लैजाने व्यवस्था स्थानिय सरकारले गर्नेछ । यस पालिकामा कृषी क्षेत्रको विकास तथा विस्तार गर्न विभिन्न क्षेत्र सग साझेदारी गरिनेछ । उन्नत जातका फलफुल स्याउ किवी केरा आदी विस्तार गरिनेछ भने बगैचा हेरालाको व्यवस्था गरिनेछ । छाडा पशु व्यवसायलाइ व्यवस्थीत गरिदै लगिनेछ भने पशु बिमालाइ अनिवार्य गरिनेछ ।

समय समयमा उपयुक्त ठाउँमा पशु स्वास्थ्य शिविर सचालन गरिनेछ भने डाले घाँसको विस्तारलाइ व्यापक गरिनेछ । साना बाख्रा व्यवसायिक कृषी उत्पादन केन्द्र तयार गरिदै लगिनेछ । भेडा पालन व्यवसायलाइ व्यवस्थीत गर्न चाहने व्यवसायलाइलागत साझेदारीमा कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमा महिला युवा गरीव तथा विपन्नलाइ बिशेष प्राथमिकता दिइने छ ।

सबै जनतालाइ वित्तीय क्षेत्रको पूर्ण जानकार बनाउन वित्तीय साक्षरता गाउँगाउँमा संचालन गरिनेछ भने सहकारीलाइ व्यवस्थित गरिदै लगिनेछन् । सबै घरपरिवारलाइ बित्तिय क्षेत्रमा जोड्न अनिवार्य परिवार खाता सचालनमा जोड दिइने छ । सहकारी तालिम संचालन गर्दै सहकारी शिक्षालाइ घरघरमा लगिने कार्यक्रम तयार गरिनेछ भने सहकारीको व्यवस्थापकिय पक्षलाइ मजबुद बनाइनेछ । संचालन गर्न नसकिने सहकारीहरुलाइ समायोजन गरिदै लगिने छ ।
यस पालिकामा घरेलु तथा साना उधोगको सम्भावनाको अध्ययन गरि युवाहरुलाइ व्यवसायमा संगल्न गराइने छ । यसै बर्ष भित्र आन्तरिक पर्यटक तथा बाह्रे पर्यटक भित्र्याउन सक्ने स्थानहरुको पहिचान गरि आबश्यक संरक्षणको नितीबाट अगाडि बढाइने छ । गाउँपालिका भरि रहेका खाली जमिनहरुको सदुपयोग गर्नै गरि बिशेष कार्यक्रम ल्याइनेछ । खाली जमिनको लगत लिइ एक भुमि बैकको स्थापना गरिने छ । अखाध्य बस्तुहरुको बिक्रीवितरणलाइ पूर्ण रोक लगाइनेछ भने बजार अनुगमनलाइ थप प्रभावकारी बनाउदै लगिने छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाइ थप प्रभावकारी तथा उपयोगी एव रोजगरमुलक बनाउन केन्द्रीय योजना सग थप साझेदारी गरिदै लगिने छ । पालिका भित्र स्वरोजगार बन्न सक्ने र रोजागारी सृजना गर्न सक्ने व्यवसायलाइ ब्यवहाय अनुदान प्रदान गरिने छ । वन वातावरण तथा विपद व्यवस्थापन, आगामी २ वर्षभित्र जोखिम बस्तिहरुलाइ स्थानान्तरण गरिने कार्य अगाडी बढाइनेछ । यस कार्यका लागि संघिय तथा प्रदेश सरकारसंग समन्वय गरिने छ । जलवायु परिवर्तनको असरलाइ मध्यनजर गर्दे विपद् प्रतिकार्य योजनालाइ अध्यावधिक गर्दे लगिने छ ।

भौगोलिक विकटता छरिएर रहेको बस्ती भिरालो जमिनलाइ ख्याल गर्दे कुनै पनि संरचनाहरु निर्माण गर्दा नक्सा पास गरि मात्र निर्माण गर्ने व्यवस्था मिलाइने छ ।बातावरणलाइ स्वच्छ तथा सफा बनाइ राख्न बाक्लो बस्तीमा ढल निकास तथा सार्वजनिकसौचालय बनाउदै व्यवस्थीत वस्तीको अवधारणा लिइनेछ ।

नाङ्गो पाखामा बृक्षारोपण गर्दै लगिनेछ भने जथाभावी गरिने रुख कटान तथा वनविनासलाइ पुर्ण रुपमा बन्द गर्न सम्बद्ध पक्षहरुसंग समन्वय गरिनेछ ।वर्षा याममा बाढिपहिरो तथा हिउँदे समयमा हुने हावा हुरी र असिना पानिको सम्भावित क्षतिको पुर्वानुमान गर्ने र आवश्यक क्षती बाफतको राहतको व्यवस्था गरिनेछ भने बाढी प्रभावित क्षेत्रमा बृक्षारोपण तथा तट्बन्धन गरिदै लगिनेछ यसका लाग सम्बध पक्षहरुसंग समन्वय गरिने छ ।

यसै बर्ष एक वडामा एक हजार बोट विरुवा रोपण गर्ने कार्य सम्पन्न गरिनेछ । सामुदायिक र कबुलियत बन लाई थप व्यवस्थापन गर्न वन संरक्षण, विस्तार, तथा सुधारका कार्यक्रम अगाडि वढाईने छ भने सामुदायिक र कवुलियति वनको क्षेत्र विस्तार तथा हस्तान्त्रणका लागि सम्वद निकायहरु संग आवश्यक पहल गरिने छ । पालिकामा एउटा भुमि बैकको स्थापना गरिनेछ भने भुमि बिहिन परिवारलाइ भुमि उपलब्ध गराउने र अब्यवस्थित परिवारलाइ व्यवस्थित गर्न केन्द्रिय सरकार सग बिशेष पहल गरिने छ । पालिका भरी भुक्ष्यको अवस्थाको बिष्णलेषण गरि प्रोफाइल तयार पारिने छ ।

संस्थागत विकास तथा सेवा प्रवाह: सबै वडा कार्यालय माध्यामिक बिधालयमा यसै बर्ष भित्र इन्टरनेट जडान गरि सचालनमा ल्याइने छ । आगामी बर्ष भित्र सबै आधारभुत बिधालयमा समेत इन्टरनेट जडान कार्य सम्पन्न गरिसकिने छ ।
पालिका नागरिक वडापत्र तथा वडा नागरिक वडापत्रलाइ क्रमश डिजिटाइजेशन गरिने छन । गाउँपालिकाको सेवा प्रवाहलाइ चुस्त र दुरुस्त बनाउन सबै प्रकारका सफ्टवोर व्यवस्थित गरिदै लगिनेछ ।डिजिटल सेवा प्रवाहलाइ जोड दिइनेछ भने एउटा डाटा सेन्टर तयार पारिने छ ।
आन्तरिक लेखा परिक्षण पद्तीलाइ भरोसा योग्य बनाइ लेखा पद्दतीलाइ पूर्ण व्यवस्थित गरिदै लगिने छ । लेखा पद्दतीलाइ व्यवस्थित बनाउँदै यसै आ व मा हालसम्म रहेको बेरुजु ८० प्रतिशत सम्म फर्च्योट गरिने छ । जनताको आम्दानीलाइ मध्यनजर गर्दे पालिकाको क्षेत्राधिकार भित्र रहेको राजस्वका क्षेत्रहरुमा महशुललाइ समायोजन गरिदै लगिने छ । सबै कर्मचारीहरुको क्षमता विकास गर्न समय समयमा तालिमको व्यवस्था गरिनेछ भने सबै वडा तथा पालिकाबाट गरिने सेवा प्रवाहलाइ छिटो छरितो गर्ने गरि पारदर्शि बनाइने छ । पालिका भित्र संचालन हुने योजना तथा पालिकाले गर्ने हरेक गतिविधीको जनता संग घरदैलोमै गएर बार्षीक रुपमा दुइपटक अन्तरक्रिया गरिने छ ।

सार्वजनिक सुनुवाइलाइ फराकिलो बुझिने गरि रेडीयो पत्रपत्रीका तथा सभा भेलाबाट गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
पालिका भित्रको युवा जनशक्तीलाइ काममा संलग्न गराउन तथा दक्ष जनशक्ति बनाइ अन्यन्त्र विकाउ हुन सक्ने गरि विभिन्न प्रकारका दक्ष जनशक्ती तालिमहरु संचालन गरिने छन । गाउँपालिकको विकासका लागि विभिन्न संघसंस्था दातृ निकाय अन्तर पालिका तथा अन्य सरकार संग आवश्यक समन्वय तथा सहकार्यका साथ अगाडी बढीने छ ।
मदिरा व्यवस्थापन कार्यले समाज सभ्य ,शान्त र सुखी रहने भएकाले मधिरा व्यवस्थापन कार्यलाइ थप कडाइका साथ लागु गरिने छ ।

मिलायर पियौं पुरै जिवन जियौ मदिरा नियन्त्रण कार्यलाइ थप व्यवस्थीत वनाउदै लगिनेछ । नियम उलङघन गर्नेलाइ नियमानुसार कार्वाही तथा अन्य सुविधाबाट बन्चित गराइनेछ । हरेक मदिरा सेवन कर्ताको बार्षीक रुपमा हिसाव सार्वजनिक गरिनेछ भने सेवन कर्ताको बानीमा सुधार ल्याउने कार्य गरिने छ ।

देशका लागि दुइ दिन कार्यक्रमलाइ अझै प्रभावकारी बनाएर निरन्तरता दिइनेछ । पालिकामा एउटा रोजगार बैक स्थापना गरिनेछ । जसमा सम्मपूर्ण रोजगार सिर्जना गर्ने खालका कामहरुलाइ एकै ठाँउमा एकिकृत गरिनेछन् र बेरोजगारहरुलाइ सुचिकृत गरि समावेशी तथा प्राथमिकिकरणका आधारमा काम दिइने छ ।

पालिका भरिका बिधालयहरुको लेखापरिक्षणको व्यवस्था पालिकाद्धारा नै गराइनेछ भने त्यस वाफत पर्नआउने आर्थिक भार बिधालयलाइ नपर्ने गरि पालिकाले नै व्यवस्था मिलाउने छ । आधारभुत तहमा न्याय निरुपण लाई प्रभावकारी र विश्वसनिय बनाउन तत सम्वन्धि कार्य गर्न गठित न्यायिक समितिलाई वडा स्तरमा मेलमिलाप केन्द्र स्थापन गरि सेवा ग्राहिको सहज पहुचमा पुर्याईने छ ।

समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा विवादहरुलाई मेलमिलापको माध्यामवाट समाधान गर्नु अपरिहार्य छ । यसका लागि विवाद व्यवस्थापन गर्न मेलमिलाप कर्ताको अहम भुमिका हुन्छ । पालिका भित्र मेलमिलापकर्ताहरुलाई तालिम दिने र सुचिकृत गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

न्याय निरुपण तथा पालिकाको अन्य कानुनी जटिलतालाइ सहज बनाउन कानुन अधिकृत व्यवस्थापन गरिने छ । गाउँपालिकामा विद्यालग स्वास्थ्य तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको पारीश्रमिकमा वृद्धि गरिएको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार