शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कला /साहित्य
  • हो रित्तो झोला आँखा भरी सपना थिए!

हो रित्तो झोला आँखा भरी सपना थिए!

  • आइतवार, असार ६, २०७८
सेयर गर्नुहोस् :
हो रित्तो झोला आँखा भरी सपना थिए!

हो रित्तो झोला आँखा भरी सपना थिए!
परदेश लाग्दा मनमा कयौँ योजना दिए।

कलिलैमा अञ्जान सहरमा पुगे पछि त,
अगाडी गास न बास नकोई चाहना थिए।

जगमग बिजुली भएपनि अंध्यारो थियो,
सम्झनामा मात्र आफ्नो घर सासना थिए।

दुखःका कथा ब्याथा कसरी सुनाउ मैले,
बिदेशी को अपमान आफ्ना गहना थिए।

उसैले तोकेको ज्याला र दिएको कामले,
मेरोलागि त्यही जीवनका साधना थिए।

पाईलै पछिको ठक्करले बाटो देखाउँदा,
मेरा गुरु त तिनै बिदेशीका यातना थिए।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार