• होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरामा प्रदेश सरकारका योजनाबाट कमिसन असुल्दै प्राबिधिक

बाजुरामा प्रदेश सरकारका योजनाबाट कमिसन असुल्दै प्राबिधिक

फिल्ड नगएर सदरमुकाममा बसेर बिल उठाउदै प्राबिधिक

  • शनिबार, असार ५, २०७८
सेयर गर्नुहोस् :
बाजुरामा प्रदेश सरकारका योजनाबाट कमिसन असुल्दै प्राबिधिक

पदम सिह‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌‌ — बाजुरामा प्रदेश सरकारका योजना बाट प्राबिधिकले दश प्रतिशत कमिशन असुल गरिरहेको पाईएको छ । बडिमालिका खबरको गोप्य स्रोतका अनुसार प्राबिधिकले प्रत्येक योजना बाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको पाईएको छ । अर्को प्राबिधिकले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाईएको छ ।
शुदुरपश्चिम प्रदेश सरकारको जिल्ला डिभिजन बन कार्यालय बाजुरा अन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्र्ततगका योजनाहरुबाट दश प्रतिशत रकम कमिसन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले वताएका छन् । जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्र्तगत २७ योजना रहेका छन् ।
प्रत्येक योजनाबाट दश प्रतिशत उपभोगक्ता बाट प्राबिधिले लिने गरेका छन् । रकम नदिए भने बिलनै नउठाउने उपभोक्तालाई सताउने गरेको पाईएको छ । प्राबिधिकहरु फिल्डमा गएर योजनाको अनुुगमन नै नगरी फोटाको आधारमा बिल बनाएर भुक्तानी दिने गरेका छन् । फिल्डमा योजना नहेरेर रकम भुुक्तानि देखी बिल बनाउने काम प्राबिधिक बाट भएपछि सामाजिक सञ्जालमा समेत कमिशन लिएको चर्को आलोचना आएको छ ।
नाम नखुलाउने सर्तमा एक उपभोक्ता समितिका अध्यक्षले योजनाको अध्यक्ष हुनु भनेको रिण थुपार्नु भएको बताए । योजना सम्झौता गरियो योजना सम्पन्न हुदासम्म कुनै प्राबिधिक नै आएनन्, अन्तिममा दुख गरेर योजना सम्पन्न गरियो, सिधै दश प्रतिशत रकम दिए पछि मात्र बिल उठाएर भुक्तानी दिएको बताए । कामको गुणस्तर आफुलाई पनि थाहा छैन प्राबिधिक बोलाउदा नहाउने भएपछि अनुमानका भरमा योजना सम्पन्न गरेको उनले बताए ।
जिल्ला डिभिजन बन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुवरका अनुसार सबै योजनाहरुमा प्राबिधिक नपुुगेको स्वीकार गरेका छन् । बाजुरा, अछाम र बझाङ तिन जिल्ला हेर्ने गरि एक जना इन्जिनियर र एक जना उपसेयर गरी दुुई जना मात्र कर्मचारी खटाएका छन् । सबै ठाउ अनुुगमनको लागि जान समय कम भएकोले पुुग्न नसकेको कुवरले बताए । काम गरेको भन्दै उपभोक्ताहरु भुक्तानीको लागि अफिस आउछन फोटो हेरेर प्राबिधिकहरुले बिल उठाउने गरेको उनले कुवरले बताए ।
प्राबिधिक नपुुगेको ठाउमा डिभिजन बन कार्यालयका बन रक्षकलाई पठाउने गरेको कार्यलयले बताएको छ । प्राबिधिक रुपमा बन रक्षकलाई केही थाहा हुदैन संरचना बने नबनेको हेर्न मात्र पठाउने गरेको सूचना अधिकारी कुवरले बताउने गरेका छन् । प्राबिधिकहरु डिभिजन बन कार्यालय बाजुरामै बस्ने गरी नियूक्ति भएको भए यताबाट फिल्डमा पठाउन सजिलो हुन्थ्यो तीन जिल्लाका दुुई जना कर्मचारी छन्, तीन जिल्लामा २ सय योजना हेर्नु पर्दा सबै ठाउँ पुुग्न नसकेको बताएका छन् ।
पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत बाजुरा खटाईएका इन्जिनियर प्रशान्त बोहराले भने कमिशन लिएको कुरा झुटो रहेको बताए । उनले थपे सबै योजनाको अनुुगमन गर्ने नसकीएको स्वीकार गरेका छन् । दुुई जना प्राबिधक मात्र छु, तीन जिल्ला हेर्नु परेको त समय छोटो भएका कारण सबै योजनाको अनुुगमन गर्न नसकीएको बोहराले बताए । केही नजिकका योजनाको त अनुुगमन गरेर बिल उठाएको तर टाढाका योजनाहरुको उपभोक्तालाई फोटो खिचेर ल्याउनु भन्दै अफिसमै बिल उठाएर भुुक्तानी दिने गरेको बोहराले बताए ।
प्राबिधिक रुपमा फोटो हेरेर बिल उठाउन नहुने हो, जनशक्ति छैन, दुुई जना मात्र छु । असार २० गतेसम्म सबै योजनाको भूक्तानी लिसक्नुपर्ने कोलेनीकाले पत्राचार गरीसकेको छ । केही उपभोक्ताले काम कम गरेर पूूरा भूक्तानीको दिन भने पछि पूरा भुक्तानी नपाएपछि कमिसन दिए मात्र रकम दिने गरेको आरोप लगाउने गरेको बताए । आफूलाई तीन जिल्लाका योजनाहरुको हस्ताक्षर गर्नै भ्याई नभ्याइ भएको उनले बताए ।
बाजुरामा पर्यटन पूर्वाधार कार्यक्रम र प्रदेश पूूर्बाधार कार्यक्रम गरी ५६ योजना छन् । ती मध्ये २५ योजनाको भुक्तानी गरिसकेको जिल्ला बन डिभिजनक कार्यालयले जानकारी दिएको छ । अधिकांश योजना बाट प्रति योजना बाट १ लाख भन्दा बढि प्राबिधिकले पैसा उठाएको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार