
अर्थ जङ्ग शाही/बझाङ्ग– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका छन । जसमा बझाङले वन राज्यमन्त्री पाएको छ । बझाङकी समानुपातिक सांसद आशा कुमारी विकले वन राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।
सरकारको समर्थनमा रहनुभएको सांसद विकले राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । विक सहित ७ नवनियुक्त मन्त्रीहरुको साँझ ४ बजे सपथ ग्रहणको तयारी भैरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभएको छ ।
