• होमपेज
  • कला /साहित्य
  • नारी देबि पनि हु

नारी देबि पनि हु

  • बुधबार, जेष्ठ २६, २०७८
नारी देबि पनि हु

Surzzu bohara (barsa)मस्टा गाउँ पालिका ७बझाङ
तिमी मलाई जुन भन्छौ वा जुनेली मत एउटा तारामण्डलको तारा पनि हु।
नारी भन वा महिला जुन नाम दिय पनि
सहनशीलता सृष्टिकर्ता सारा पनि हु।
तिमी मलाई धुन भन वा सङ्गीत
मत पोख्न मिल्ने ब्यथा पनि हु।
सरस्वती भन वा लक्ष्मी जुन नाम दिय पनि
मत महाभारत भित्रको पात्र सीता पनि हु।।
तिमी मलाई आमा भन्छौ वा चेलि मत नयाँ पुस्ता फेर्ने सृष्टिकर्ता पनि हु।
गृहनि भन वा गृहकर्मि जसरी बुझ्न सक्छौ
मत बिशाल धर्तिको अर्को पुर्ण अर्थ पनि हु।
तिमी मलाई किरण भन्छौ वा कपास
मत जलाउने दागबत्ती पनि हु।
भाव भन्छौ वा मूल्य जसरी सजिलो लाग्छ
मत पाण्डवले जुवामा हारेकी द्रोपती पनि हु।
तिमी मलाई पित्तल भन्छौ वा तामा मत नारीको श्रृङ्गार सुन पनि हु ।
बिस्वास गर्छौ वा आसङ्का जति बुझ्न सक्छौ
मत मदनलाइ पर्खिदै बसेकी मुना पनि हु।
तिमी मलाई निर्मला भन वा सम्झना मेरो अस्तित्व किन मेटाउछौ।
मान गर वा अपमान जे गर्न सक्छौ
मलाई बिस्वमा खोज रास्ट्रमा खोज खोज्दाखोज्दा तिम्रै चुलोमा भेटाउछौ??

चर्चामा

सम्बन्धित समाचार