• होमपेज
  • समाचार
  • अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

  • सोमवार, जेष्ठ २४, २०७८
अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ का नीरजकुमार सिंह छन् ।

उनले वाट्सएप, इमोमार्फत २५ लाखको चिठ्ठा परेको र त्यसका लागि कर दिनुपर्छ भन्दै पीडितहरुबाट विभिन्न व्यक्तिको नाममा रहेको बैंक खाता तथा मोबाइल वालेटमा रकम जम्मा गर्न लगाई ठगेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेको सिंहमाथि ठगी कसूरमा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार