हाम्रो देशको पनि गम्भिर कहानी भयो,
नेताहरुकोनै देश भित्र मनो मानी भयो।
डिग्रिको बदलामा राहदानि लिएर सबै,
कोई युवा खाडीमा कोई जापानि भयो।
गोर्खा भर्ति खोलेर छिमेकले यो देशका,
होनहार युवाको बली छानी छानी भयो।
आफ्नो देश गुमाएर पनि अर्काको लागि,
लडेर मर्ने सधै त्यही हाम्रो निशानी भयो।
सदियौँ देखुन लड्यौँ देश जोगाउँन लाई,
हेर्दा हेर्दै संसद बेदेशिको राजधानि भयो।
आउँने दिनमा आफ्नै देशमा परदेशि हुने,
आर्कैको लगानिमा हुर्केको जवानि भयो।
आफ्नै आमाको अश्मिता बेच्न तैयार हुँने,
यि कस्ता लाछि नेताहरुको नादानी भयो।
सुरेशकुमार पान्डे।