बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् ।

चर्चामा

सम्बन्धित समाचार