
सर्केगाड गाउँपालिका–१ मा पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर नौ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन्। सोमबार अपराह्न ३ः०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँटीमा बेरिँदा उनको मृत्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताए। घटनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको थियो ।
