• होमपेज
  • समाचार
  • वन मन्त्री आलेको प्रष्टिकरणः कसैको अनुदानमा होइन, आफैले खरिद गरेर वितरण गरेको हुँ

वन मन्त्री आलेको प्रष्टिकरणः कसैको अनुदानमा होइन, आफैले खरिद गरेर वितरण गरेको हुँ

  • मङ्लबार, जेष्ठ ११, २०७८
वन मन्त्री आलेको प्रष्टिकरणः कसैको अनुदानमा होइन, आफैले खरिद गरेर वितरण गरेको हुँ

संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेले जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पताल धनगढीलाई आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरेको बताएका छन्। चीन सरकारको अनुदानमा नभइ आफुले आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरेर वितरण गरेको प्रकाश पारेका छन्। चीन सरकारको अनुदानमा आएको अक्सिजन ग्यास सिलिण्डरमा आफ्नो तस्बिर राखेर वितरण गरेको भनी आएको समाचारको खण्डन गर्दै उनले मन्त्री आलेले आफ्नै व्यक्तिगत लागतमा वितरण गरेको प्रकाश पारेका हुन्।

मन्त्री आलेको सचिवालयका अनुसार जिल्ला अस्पताल डोटी र डोटीस्थित स्वास्थ्य संस्थालाई ६० थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्टे«टर र १ लाख ५० हजार थान सर्जिकल मास्क वितरण गरिएको छ।

त्यस्तै, सेती प्रादेशिक अस्पताल धनगढीलाई ५० थान अक्सिजन ग्याससहितको सिलिण्डर र ५० हजार थान सर्जिकल मास्क वितरण गरिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। विद मेनेजमेन्ट प्रालि ललितपुरसँग सो स्वास्थ्य सामग्री खरिद गरिएको बताइएको छ।

त्यस्तै, डोटीका जनतालाई जानकारी दिन मन्त्री आलेको सचिवालयले अक्सिजन सिलिण्डरमा मन्त्री ओलको तस्बिर टाँसेको भएपनि सो टाँसिएको तस्बिरबारे मन्त्रीलाई जानकारी नभएको स्वकीय सचिव रेग्मीको भनाइ छ।
तर त्यही तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल भएको छ। विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना पनि भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार