
रमेश बहादुर सिह/ बझाङ — प्रधानमन्त्री केपी सर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेको बिरोधमा नेपाल बिद्यार्थी संघ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपालीका काग्रेसको पाटी कार्यालयबाट नारा जुलुस गर्दै नेबिसघले चैनपुर चौराहा नजिकै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन गरि मुलुकलाई अस्थिरता तिर धकेलेको भन्दै त्यसको बिरोधमा पुत्ला दहन गरेको नेबिसंघ बझाङका अध्यक्ष दिपक भण्डारीले जानकारी दिनुभयो । केपी चोर देश छोड , असंबैधानीक कदम मुर्दाबाद , भन्दै र्याली निकाली बजार परिक्रममा गरेको थियो । देश कोरोना संक्रमणमा आक्रान्त भई रहेका बेला देश र जानता प्रति सरकार उत्तरदायि नभएको र उल्टै संबैधानिक कदम चालेकाले यसका बिरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी नेपाली काग्रेसका नगर सभापती हिरेन्द्र छत्यालले बताउनुभयो । आन्दोलनमा नेबिसंघका अध्यक्ष दिपक भण्डारीको नेतृत्वमा बिद्यार्थी नेता खगेन्द्र खड्का,शिद्धराज जोशी, नारायण हमाल, कलक बिक, बिनोद कठायत ,जगत खड्का लगायतका दर्जनौ नेताहरुको उपस्थिती रहेको थियो ।
