किन होला जताहेर्छु उतै भ्रष्टचार हुन्छ,
जनता सँग किन नमिठो ब्यबहार हुन्छ।
यो देश कस्को होला हामी बिरानो हुँदा,
स्वतन्त्र देश बनाउँने वीर औतार हुन्छ।
जँहा भए पनि शन्तानहरु लाई सदियौँ,
आफ्नो प्राण भन्दा देश को प्यार हुन्छ।
पोलेकोछ मन देखेर भ्रष्टचार सधै यँहा,
लाग्छ बिरोध नगर्ने मान्छे बेकार हुन्छ।
जति कुट्छौ फौलादलाई ए दुष्टहरु हो,
एक दिन तिम्रै गला रेट्ने औजार हुन्छ।
हेर अत्याचार हुन्छ त्यँहा बिस्फोट पनि,
त्यँही फेरी शंघर्ष पनि त आरपार हुन्छ।