• होमपेज
  • समाचार
  • होम आइसोलेशनमै महिलाको मृत्यु

होम आइसोलेशनमै महिलाको मृत्यु

  • बुधबार, बैशाख २९, २०७८
होम आइसोलेशनमै महिलाको मृत्यु

त्रिशूली– होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन्। योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको बताए।

उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार