• होमपेज
  • समाचार
  • कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु

कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु

  • मङ्लबार, बैशाख २८, २०७८
कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु

कञ्चनपुर — कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ स्रोत व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अहिले सङ्क्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङ्क्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ति हुन सकिरहेको छैन ।” उनले भने ,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार