२ जना षुरुष मृत फेला

  • शुक्रबार, बैशाख १७, २०७८
२ जना षुरुष मृत फेला

काठमाडौं — छुट्टाछुट्टै ठाउँमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको दुहबी नगरपालिका–९, जयबाबा इँटा उद्योग नजिकैको सानो खोलास्थित दहमा परिचय नखुलेका पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

 यसैगरी सुनसरीकै इनरुवा नगरपालिका–५, बलाहामण्डल टोलस्थित नहरको डिलमा भोक्राहा नरसिंह गाउँपालिका–२ महतो टोल बस्ने ६० वर्षीय देवनारायण महतो पनि बिहीबार मृत अवस्थामा फेला परेका हुन्। त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार