• होमपेज
  • विचार/ब्लग
  • यतिबेला शंघर्ष को सँग गर्ने?

यतिबेला शंघर्ष को सँग गर्ने?

  • बुधबार, बैशाख १५, २०७८
सेयर गर्नुहोस् :
यतिबेला शंघर्ष को सँग गर्ने?

अहिलेको राष्ट्रीयताको यो तरल अबस्थामा हामिले धेरै सोँचेर सम्झेर आफ्ना पाईला चाल्नु पर्छ।मात्र एक कोहोरो क्रान्ती का गफ र चर्का नाराहरु लगाएर देशमा न त क्रान्ती हफल हुँनेछ न बिदेशी हश्तक्षेप रोकिन्छ।न प्रतिगामिहरुको योजनामा कुनै फरक पर्छ।केवल चर्का र अतिरञ्जित नाराहरुले उनिहरुलाई आफ्नो चलखेल बढाउँन मद्त मिल्नेछ।
अहिले सरकारको कम्जोरीले गर्दा देश अत्यान्तै तरल अबस्थामा आएकोछ।एका तिर बिदेशी अतिक्रमणमा बृद्धी भयकोछ आर्को तर्फ प्रतिगामि तत्वहरुले जनतामा भर्म छर्न सफल हुँदैछन।बहुदलिय ब्यस्थामा जुनप्रकारको अत्याचर हरु बढ्दै गयो त्यसैले जनताको प्रतिगामि तिर झुकाओ पनि हुँदै गयो।बिगतमा राजालाई ग्वार्ने कामपनि नभयको होईन।राज तन्त्रलाई जनताले चाहाँदैन तर यो बहुदलिय जनवादले पनि त जनताको हक हितको प्रुति गर्न सकेन।जनताको आधारभुत आबस्याकताको पुर्ति नभयपछि जनता बहुदलिए ब्यबस्था सँगपनि उदाश हुँन पुगे।
एकजना किसानलाई चाहिने भनेको सिँचाईको ब्यबस्था,समयमा मल बिउ र किटनाशकको ब्यबस्था सरकारले गर्छ भने किसानले आफ्नो मिहेनत बाट अनाजको उब्जाउ गर्न सक्छ।तर यो सबै कुरा सरकारी माध्याम बाट उपलब्द गराउँनु पर्छ।हाम्रो देशलाई कृर्षी प्रधान देशभनेर भन्निन्छ।किसानलाई सबै थाहाछ कृर्षकहरुलाई कस्तो भय पुग्छ कृर्षि प्रधान भनेर मात्र पुग्दैन।एकतिर नेपालमा भयको १७%तराई भुभागलाई अन्नको भण्डर भन्ने गरिन्छ तर हिँजो आज यँहाको धेरै जसो जमिन पलाटिङ्ग भयकोछ।ठुला ठुला फाँटहरु लाई भूमाफियाहरु लाई हस्तानतरण गरेर ति भूभागहरुमा पलाटिङ्को कारोबार हुँदै आएकोछ।आर्को तिर नेपालको ६८%भुभाग पहाडि ईलाकाहो त्यँहा जमिनहरुमा सिचाईको उचित ब्यबस्था छैन परिणाम आकाशको भरमा त्यो जमिनछ।किसानहरुले कहिले काँही त पाथि छरेर मानो फलाउँछन।जब समयमा सिँचाई गरिन्न आकासबाट पानि आउ्दैन कसरी त्यहाँ अनाजको उत्पादन हुँन्छ।अहिले नेपालको १५%प्रतिसित हिमालि क्षेत्रमा त केहि हुँदैन।
यानी कि हाम्रो देशमा कुल १७%तराईमा भयको जमिनलाई हामिले कसैलाई दिन्छौ भने हामि सँग कृर्षि योग्य जमिन सुन्य हु्न्छ।
हामिले त्यो कुल १७%रहेको देश बाट यो तिनकरोडको जनताले मात्रै होईन अरुहरुले पनि आश गरेकछन।त्यो अरु भनेको बिदेशीहरुनै हुँन।उनिहरुले हाम्रो तराईलाई जसरी भयपनि हातपार्न चाहान्छन।अहिले सिमानाहरुमा सबै जसो भारतियहरुले कारोबार गर्छन।हाम्रो बजारमा भारतिय समान बिक्छ,वा चाईनिज।नेपालमा उत्तपादन भयोको समान नै सुन्य छ।
एकातिर तराईको जमिन बढ्दै जाने जो हाम्रो पहुँच भन्दा माथिछ,त्यही कृर्षी योग्य जमिनलाई भु माफियाको हवाले गर्ने आर्को तिर नागरिकता नीतिमा खोकलो गरेपछि नेपालीले जमिन बेच्ने र भारतियले किन्ने भयको पाईन्छ।यो ब्यबहारले देशलाई फिजि बनाउँदै लगेको हामि देख्छौ।
हाम्रो देशलाई फिजि हुँन बाट जोगाउँनु छ भने हाम्रो लडाई सबैभन्दा पहिले भुमाफियाको बिरुद्ध राष्ट्रीयताको हितका लागि हुँनु पर्छ।
देशको अर्थ ब्यबस्था बिदेशीहरुको चुङ्गोलमा परेकोछ त्यसैले त्यसबाट छुट्टकारा पाउँनको लागि आफ्नै लगानि बाट आफ्नै देशका दक्ष कर्मचारी र ईञ्जिनियरहरु बाट स-साना उद्दोगहरु खोलेर बिदेशी उत्पादनलाई बहिस्कार गरेर देशको उत्पादनलाई अगालेर हामिले देशलाई बलियो बनाउँन सक्छौ।
छिमेकी त सदैभरी चाहिन्छ अँझ हाम्रो जस्तो भूपरिबेष्ठित देशलाई छिमेकी नभैई हुँदैन।तर छिमेकीको अगाडी केहि सुबिधाका लागि लमपसार पर्ने पद्ती देशको हितमा हुनसक्दैन।आफ्नो स्वाभिमानको रक्षा गर्न सक्नु पर्छ।
यति बेलाको मुख्य शंघर्ष देशको हितमा लडाई लड्नुहो त्योपनि आफ्नो देशको बारेमा आफ्नो उदेश्य अन्तरराष्ट्रीय करणगरेर अगाडि बढ्ने आँट गर्नु पर्छ।
अहिले बिस्व महामारी फैलिएको बेला सरकारको क्रतब्य आफ्ना नागरिकहरु कस्तो अबस्थामा छन भनेर बिदेशमा रहेकि नागरिकहरुको खोज तलाश उनको शुरक्षाको लागि त्यँहाको सरकार सँग नियमित बार्ता गर्नु पर्दछ।खास गरेर भारतमा बसोबाश गर्दै आएका आफ्नो देशका नागरिकहरुको अबस्थाको लागि ठोँश कदम चाल्नु समयको मागहो।त्यसपछि देशभित्रका गरिब किसानहरुलाई कृर्षि योग्य समान जुटाएर पहाडमा पनि किसानलाई खेतिको लागि सहयोग गरेर,तराईमा भूमाफियाको हात बाट जमिन नियन्त्रर्ण गरेर देशलाई अखण्ड र आत्म निर्भर गराउँन सक्नु पर्छ।अबको लडाई कृर्षिमा आमूल परिवर्तन गरेर देशमा उत्पादन बढाएर बिदेशी समानको बहिष्कार गरेर देशलाई आत्मा निर्भर गराउँने हुँनुपर्छ।जो ईमानदारी सँग भन्नेहो भने हामिले आफै सँग शंघर्ष गर्नुपर्ने हुँन्छ।यो संसार भरीका वैज्ञानिकहरु समेतलाई चेलेञ्ज दिएर आएको एउटा रोग सँग लड्नपनि सबैभन्दा ठुलो उपचारनै अनुसाशन भयको अबस्थाछ।हामिले सदैभरी यो चराचर जगतलाई बुझ्न र छिचल्न संघर्श गर्दै आएकाछौँ।
अहिलेपनि अनुशासनको पालना एक मात्र उपचार हुँने भएकोछ।मानिशले राजनीतिक,सामाजिक र प्रराकृतिक सँग लगातार संघर्श गर्दै आएकाछौँ र निरन्तर गर्नु पनि पर्दछ।कुनै पनि अबस्थामा हरेश खानु हुँदैन।हिम्मत र सहसले आफु भन्दा कयौँ बलवानलाई पनि पराजित गर्न सकिन्छ।अहिले पनि हामिले यो देशको तरल राजनीतिक अबस्थामा पनि यो बिस्वमा फैलिएको महामारी सँग समान रुपमा लगातार संगघर्श गर्नु परेकोछ।
हाम्रो देशमा जब कुनै संकट आई लाग्छ त्यो अबस्थामा कतिपय छिमेकीहरुले पनि मौका ढुकेर बसेका हुँन्छन।त्यता तिरपनि हामि सजग हुँनैपर्छ।
अहिले हाम्रो देशको अबस्था अत्यान्तै चिन्ताजनक छ।यस्तो सम्बेदन सिल अबस्थामा पनि कति पए ब्याक्तिहरुलाई ठट्टा गर्ने मन लाग्छ त्यो उनिहरुको ब्याक्तित्व हो।त्यसबारे मलाई खासै भन्नु छैन तर यो कोवीड जस्तो खतरनाक वाईरसलाई हलुको रुपमा न लिन हुँन मैले आफ्नो तर्फ बाट सबैलाई हार्दिक अनुरोध गर्दछुँ।

चर्चामा

सम्बन्धित समाचार