• होमपेज
  • बाजुरा बिशेष
  • जिल्लाकाे बिकाशमा पछि हट्दैन : प्रजिअ अधिकारी

जिल्लाकाे बिकाशमा पछि हट्दैन : प्रजिअ अधिकारी

  • बिहिबार, बैशाख ९, २०७८
जिल्लाकाे बिकाशमा पछि हट्दैन : प्रजिअ अधिकारी

बाजुरा — बाजुरा जिल्लामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लाकाे बिकाशमा कहिल्यै पछि नहट्ने बताएका छन जिल्लामा  रहँदा सम्म कसैको दवावमा परेर काम नगर्ने  र जिल्लाकाे बिकाश शान्ती सुरक्षामा कुनै कमी हुन नदिने बताएका छन् ।

विहिबार प्रमुख जिल्ला प्रजिअ अधिकारीले जिल्लामा क्रियासिल संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लामा आफु रहँदा सम्म कसैको कुनैपनि किसिमको दवावमा रहेर काम नगर्ने बताएका हुन् । कसैको दवावमा परि काम गर्नुभन्दा बरु आएको दुई दिन नवस्दै सरुवा गरे भने पनि आफुलाई केही फरक नपर्ने प्रजिअ अधिकारीको भनाई थियो । बाजुराबासीको हितका लागि दिनरात नभनि आफुले भ्याएसम्म समन्वयकारी भुमिका निर्वाह गर्ने बताएका छन् ।

यस अघि बाजुरामा रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण गै्रहेको सरुवा भएपछि प्रजिअ अधिकारी बैशाख पहिलोहप्ताबाट बाजुराका लागि गृह मन्त्रालयबाट बाजुराको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल संचारकर्मीहरुले बाजुराको समग्र बस्तुस्थिति बारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।पत्रकारहरुसंग जिल्लाको समग्र बस्तुस्थिति बारे बुझ्न जिल्लाका पत्रकारसंग परिचयात्मक कार्यक्रम राखिएको थियो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखिएको परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल १५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार