• होमपेज
  • समाचार
  • पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

  • बिहिबार, बैशाख २, २०७८
पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

झापा– कोरोना सङ्क्रमणका कारण पत्रकार कमल मिश्रको मृत्यु भएको छ। ४८ वर्षीय मिश्रको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा मृत्यु भएको हो।

विर्तामोड नगरपालिका-८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वास्थ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो। उनी विगत दुई वर्षदेखि भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए।

चर्चामा

सम्बन्धित समाचार