• होमपेज
  • देश/प्रदेश
  • पूर्व उद्योग मन्त्री जोशीको उपचार जारी छ – अस्पताल

पूर्व उद्योग मन्त्री जोशीको उपचार जारी छ – अस्पताल

  • बुधबार, चैत्र ४, २०७७
सेयर गर्नुहोस् :
पूर्व उद्योग मन्त्री जोशीको उपचार जारी छ – अस्पताल

काठमाडाै- पुर्ख्यौली घर सुदूरपश्चिम भएका पूर्व उद्योग मन्त्री नविन्द्र जोशीको उपचार जारी रहेको अस्पतालले जनाएको छ। नर्भिक अस्पतालले विज्ञप्ती जारी गर्दै नेपाली काग्रेंस नेता समेत रहेका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको हो।

‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार