मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

  • बिहिबार, फाल्गुन ६, २०७७
बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

बाजुरा  — जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७७/७८ कोे साउन देखि पुस मसान्त सम्म ६ महिनामा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । जिआईजेटको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाले नगरपालिकाद्वारा ६ महिने अवधिमा नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । नागरिक संलग्नताको माध्यमद्वारा स्थानीय सरकारको सामाजिक जवाफदेहिता संयन्त्रको सवलीकरण भन्ने नारासहित उक्त सार्वजकि सुनुवाई कार्यक्रम संचालन गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशाशकीय अधिकृत रंगमल विकले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएका थिए ।

त्यस्तै नगरपालिकाद्वारा प्रवाह गरिने सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक सुझाव सल्लाह लिई सुधार गने, सार्वजनिक कोषको उच्चतम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चितता गर्न जनप्रतिनिधी र कर्मचारीलाई थप जिम्मेवार बनाउने विकले बताएका थिए ।

कार्यक्रममा विषयबस्तु प्रस्तुतिकरण वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनका आधारमा सहभागीहरुलाई जिआईजड नेपालका विज्ञ हेमराज लामिछानेले प्रशिक्षण गरेका थिए । त्यस्तै कार्यक्रमको उद्देश्य बारे जिआईजड नेपालका पूणर्कला राईले सहभागिलाई जानकारी गराएकि थिईन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले नगरपालिकाका भए गरेका उपलव्धीहरुलाई साविकको भन्दा राम्रो बनाउन सुझाव दिएका थिए ।बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथी जिल्ला समनव्य समितिका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार