मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पतालको अतिक्रमीत जमीन फेर्ता लिने अभियान जारी

जिल्ला अस्पतालको अतिक्रमीत जमीन फेर्ता लिने अभियान जारी

  • बुधबार, फाल्गुन ५, २०७७
जिल्ला अस्पतालको अतिक्रमीत जमीन फेर्ता लिने अभियान जारी

बाजुरा — जिल्ला अस्पताल बाजुराको अतिक्रमीत जग्गा फेर्ता दिने अभियान जारी रहेको छ । जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाको निर्देशनमा फेर्ता दिने काम जारी रहेको हो । जिल्ला अस्पताल ब्यबस्थापन समितिले सर्बपक्षिय बैठकले निणर्य गरे संगै निजीकरण गरिएको अस्पतालको जग्गामा बनाइएका घरटहराहरुमा डोजर प्रयोग गरिएको जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् ।
जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन धेरै पटक निर्देशन दिएको भए पनी नहटाएका कारण डोजर लगाएर भए पनि सो अतिक्रमण गरेका जमिनमा डोजर लगाएर संरचना भत्तकाएको अध्यक्ष थापाले बताएका छन । स्थानीय लालकेशर पाण्डेले बोडिङ स्कुलहरुका टहरा नहटाएपछि डोजर लगाईको अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापा भने राजनितिक दल नागरिक समाज अन्य सरोकारवाला सहित बोलाएर छलफल समेत गरेका थिए । अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोडिङ्ग स्कुलका सञ्चालक लालकेशर पाण्डेले अस्पताल परिसरको जमिन अतिक्रमण गरि घर टहरा बनाएका छन् । एकतिर अस्पतालको नयाँ भवन निर्माण हुदै गरेको छ अर्को तिर नजिकै बोडिङ स्कुल रहेकोले बिरामीलाई समेत प्रभाव पर्ने गरेको अस्पताले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार