आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • नेताहरुलेनै समस्या जन्माउँछन।

नेताहरुलेनै समस्या जन्माउँछन।

  • शनिबार, फाल्गुन १, २०७७
नेताहरुलेनै समस्या जन्माउँछन।

सुरेशकुमार पान्डे।
राजनीति लाई कसरी बुझ्ने?देशभित्र त्यो राजनीतिलाई उप्रिप्रकारले बुझ्नालेनै समस्या पैदा भएकोछ।खास गरेर नेताहरुले जनतामा सदै भ्रम दिदै आफ्नो स्वार्थ पुरागर्दै आएकाछन।जस्तै २००८सालमा त्रिभुवनले राजनीतिक पार्टीहरुलाई भ्रम दिएर राणाहरुको ठाउँमा राज तन्त्र स्थापित गर्न सफल भयका थिए।
ठिक त्यहि प्रकारले समय समयमा ठुला राजनीतिक पार्टीहरुले जनतालाई भ्रमित गरेर आफ्नो सत्तालिप्साको स्वार्थ पुरागर्ने गर्दै आएका पनिछन।
देशलाई सबै भन्दा पहिले काग्रेस पार्टीले जनतामा भ्रम दिएर बिदेशीको दलाली गर्ने काम गर्दैआएका थिए।उनिहरुले वैराङ्गिय सम्मेलनमा ससस्त्र क्रान्तिकारी कुरा समेत गरे तर पछि राज सँग पनि मेलमिलापको नीति अप्नाएका थिए।भारत सँग उनिहरुको सदै घनिष्ट समबन्ध रहँदै मात्र आएन कयौँ नदिनालाहरुमा असमान हम्झौता समेत गरेका उधारण सबैको सामुन्यछ।काग्रेशको सरकार छँदा माओ वादी सँग पनि साँठगाठ गरेका थिए।राजलाई जरै बाट फाल्नु पर्छ भन्नेमा काग्रेश थिएन।पछि सम्म राजालाई सम्मानिए राख्नु पर्छ भन्दै पनि आएकाछन।सेरेमोनियल किङ्गका कुरै उनैले जन्माएका थिए।बिदेशीको दलाली नगर्नेमा कसैको मतभेद आउँदैन बरु यँहा त बिदेशीको दलाली कस्ले धेरै गर्ने र उनिहरुको सहयोगमा सत्तामा काबिज रहने बढी भयो।भारतिय रोबरमा देशको राजनीति गतिबिधी तैयार हुन्छ।
देशका हात्थि राजनीतिक पार्टी हरुले कहिलैई दुरदर्शियता अप्नाएनन।पटक-पटक उनिहरु बाट लाप्रबाही भयो।२००७साल पछिको ईतिहाशमा राजनीतिक पार्टीहरुले पटक-पटक गम्भिर गलति गर्दै आए त्यसैको परिणाम देश र देशका जनताले भोग्दैछन।जनताले आफ्नो प्राणको बाजि लगाएर देशमा तानाशाहीलाई घुँडा टेकाउँछन।राजनीतिक पार्टीले आफ्नो स्वार्थमा अल्झेर गरेको गलतिले फेरी त्यही ब्यबस्था बिउँतिन्छ।
बिगतमा लामू शंघर्ष गरेर ल्यायको बहुदलिए ब्यबस्थालाई राजनीतिक पार्टीहरुको कम्जोरीले अफ्सान गरेको थियो।२०४६सालको ऐतिहाशिक जन आन्दोलन सँग त्यो बेलाको ठुला पार्टी बाम मोर्चा र नेपाली काग्रेसको गलतिले देशले अग्रगति लिनुको सट्टा दुरगिती ब्यहोर्नु परेको थियो।त्यो बेला संबिधान सभाको निर्वाचन गराएर देशलाई अगाडि सार्थे भने अहिले देशमा ठुलो बिकाश हुँनेथियो।तर उनिहरुले सात्तालाई भाग बण्डा गरेर राज सँग सम्झौता गरे।जो त्यो जनतन्त्रको लागि आत्माघाति कदम थियो त्यही भयो।राजाले शाहि घोषणा गरेर प्रतिगमन गर्न सफल भयो।त्यही राजाले खोसेको बहुदलिय ब्यबस्थाको लागि देशमा बाह्र बर्ष शंघर्ष चल्यौ हजारौ बिरहरु शहिद भय।अनि उहि ब्यबस्था २०६२-६३-को ऐतिहाशिक शुयुँक्त जन आन्दोलनले ल्यायो।दुईपटक सम्म सम्बिधान सभाको निर्वाचन गरेर देशमा पहिलो पल्ट हम्बिधान सभा द्वारा देशमा सम्बिधान निर्मणा त भयो तर सम्बिधानलाई जस्ले गर्वैमा मार्न खोजेको थियो उसैको ईसारमा संघियता घुसाए।जस्ले गर्दा आज गणतन्त्रनै धरापमा छ।
अहिले पनि देशका यि हात्थि पार्टीहरुले त्यही बाटो अप्नाएकाछन।यसम्मा पनि बिदेशी शक्तिको हात नहोला भन्न सकिदैन।किन भने जुन माग हरु आएका छन ति मागहरु मध्य एउटा प्रमुख माग हिन्दु धर्मकोछ यो गणातान्त्रिक सम्बिधानको दुश्मनहो।देशका जनताले संघियता को खारेजी गर्नु पर्छ र देशमा बिघटित संसदलाई पुनर्वहाल गर्नु पर्छ भन्दै आन्दोलन गर्दैछन।तर अखण्डताको नाउमा प्रतिगामि खेल पनि हुँदैछ।राजनीतिक पार्टीहरुले फेरी ठुलो भुल गर्दैछन।यसको पनि छिट्टै खामियाजा ब्यहोर्नु पर्नेछ।
अहिले देशमा बिकासको नाउँमा राम्रो नागरिक अस्पत्ताल छैन।दिन दिनै भारत लाई गालि गर्दै नारा लगाउने हो तर बिमारी पर्दा बित्तिकै उपचार गराउँन आउँने भारत भयकोछ।एका तिर भारतिय साम्राज्यालाद भन्दै दिनौ मुर्दाबादका नारा लगाउँछन।उसैले नेपाललाई अनुदान दिनु पय्रो,देशभित्र आफ्नो उत्पादित बस्तु चिज केहिछैन।मुसामार्नलाई बिष पनि भारतबाट ल्याउँनु पर्छ।प्रदेशहरु बनाईयो जँहा राम्रो अस्पत्ताल छैन,गरिबहरुको राम्रो उपचार हुँन सकुश,बिस्व बिध्यालय छैन,अरु ता अरु सरकारी याता यात छैन।लुट्को योजना बाहेक केहिछैन।प्राईबेट बसले यातायातका साधनहरुले जनता सँग मनमानि किराया असुल्छन,टिकट दिदैनन् मरेपछि कुकुर मरेको जस्तै मर्छ।देशको यो दुरगिति छ।नेताहरुले आपसको झग्डामा संसद भङ्ग गरेर सडकमा छन।अनि जनताले बिरोध गर्न नपाउँने अध्यादेश ल्याउँछ सरकारले।सबैलाई थाहाछ दिल्लि देखि रुपेडिहाको भाडा छ सए रुपियाछ भारतिय रोडबेजमा।तर नेपालीहरुले प्राईबेट बसको ब्यबस्था गरेर डबल किराया लिन्छन।किन?यस्तो गदरछ सोजा-साजा नेपाली मज्दुरहरुलाई लुट्न स्वयम छट्टुहरुले कमर कसेकाछन।गरिब श्रमजीवीहरुको दयानिय अबस्थाछ।सरकार मौन बसेर तमासा हेरी रहेकोछ।जैले पनि देशमा समस्या समाधान गर्नुको सट्टा देशमा समस्या पैदा गर्ने र देश र जनतालाई उल्झाउँने काम कथित नेताहरुले नै गर्दै आएकाछन।अहिले देशका जनताहरु ओलिको गैर प्रजातान्त्रि असम्बैधानिक र फासीवादी कृयाकलापको बिरुद्धमा आन्दोलित भयकाछन।सरकारले उनैमाथि दमन गर्दै आफ्नो फाशिबादी रुझानको परिचय दिँदै आएकोछ।

चर्चामा

सम्बन्धित समाचार