• होमपेज
  • कला /साहित्य
  • गुलाबका केही हाइकु

गुलाबका केही हाइकु

  • शुक्रबार, माघ ३०, २०७७
गुलाबका केही हाइकु

१. मगमगायौ
पृथ्वी स्वर्ग बनायौ
बसन्ती आयौ ।
२.
काटेर फाल्छु
सम्बन्धका पलाटा
बाढेका नङ ।
३.
झर्यो कपास
सेतो हिउँको तन्ना
चादँनी जस्तै ।
४.
आहा श्रींगार
कम्मरमा पटुकी
रैछौ सुन्दरी ।
५.
पुर्णेको जुन
चोलो र फरियामा
स्वर्गकी परी ।
६.
टक्र्याएँ फूल
प्रेम प्रस्ताव गर्दा
स्विकारीनौ है ।
७.
बाँच्दै थिएँ म
त्यही आशाको त्यान्द्रो
चुडेर गयौ ।
८.
बलियो काँध
संघर्ष यी आमाको
उच्च सम्मान ।
९.
पिठ्युँमा माया
हातमा छ कलम
शिक्षाको ज्वती ।
१०.
गरे प्रस्ताव
जीवन साथी बन्न
स्वीकारी दियौ ।

चर्चामा

सम्बन्धित समाचार