• होमपेज
  • कला /साहित्य
  • सबै नेता झुठ बोल्छन सत्ताको लागि मज्बुर भएर,

सबै नेता झुठ बोल्छन सत्ताको लागि मज्बुर भएर,

  • बुधबार, माघ २१, २०७७
सबै नेता झुठ बोल्छन सत्ताको लागि मज्बुर भएर,

सबै नेता झुठ बोल्छन सत्ताको लागि मज्बुर भएर,
जनताहरु सडकमै छन सपनाहरु चकनाचुर भएर।

को दोशी कुन निर्दोशछ त्यो त ब्यबहारले बताउँछ,
कस्लाई रुनु पर्थ्योर देशमा सब थोक भरपुर भएर।

गरिबलाई त कामै प्यारो हुन्छ संसारभरी हेर्दा पनि,
सदियौँ के खाम र के लगाम हुनेगर्छ बेकसुर भएर।

बुढा बा र आमाको आँखा पनि ओभाएन कहिलेई,
आफ्ना छोरा छोरी गाउँ घर बाट पनि धेरै दुर भएर।

उनिहरुको मात्रै दोश छैन यसरी बिग्रिनुमा नेताहरु,
धेरै जसो नेताहरु त बिग्रिन्छन सदै जी हजूर भएर।

संसदलाई पनि छड्ने मन गर्दैनन एकपटक गएका,
कुहेकै भया पनि संसद भित्रनै महेगो कोईनूर भएर।

चर्चामा

सम्बन्धित समाचार