बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • निर्माण सम्पन्न भएको एक बर्ष देखीनै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

निर्माण सम्पन्न भएको एक बर्ष देखीनै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
निर्माण सम्पन्न भएको एक बर्ष देखीनै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

बाजुरा– जिल्ला अस्पताल बाजुरा निर्माण सम्पन्न भएको एकबर्ष देखिनै चुहिन थालेको छ । पानि परेको दिनमा अस्पतालको छाना तथा वालबाट पानि अस्पताल भित्र पर्ने गरेको अस्पतालका प्रमुख डा. चन्द्रशेखर यादवले बताएका छन् । निर्माण सम्पन्न भएको ६ महिनामा अलि अलि चुहिने गरेपनि अहिले भने भवनको सबै भागमा चुहिएर अस्पताल नै जलमग्न हुने गरेको अस्पतालले जनाएको छ ।
भवन चुहिने भएपछि अस्पतालले सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटिलाइ मर्मतका लागि एक बर्ष पहिला नै पत्रचार गरेको थियो । अस्पतालले निर्माण कम्पनी पि.एसं कन्ट्रसन डोटिलाइ चुहिने ठाउँ तथा अन्य काम नभएको कामलाइ बनाउन अनुरोध कार्यलयलाइ गरेको थियो । तर अहिले सम्म मर्मत नहुदा पानि परेको दिन अस्पताल अस्तव्यस्त हुने गरेको एक स्वास्थ्यकर्मीले वताए । पानि परेको दिन स्वास्थ्यकर्मी निकै सास्ति हुने गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटिले २०८० साल मंसिर २३ गते भवन निर्माण कार्य सम्पन्न भएको भन्दै अन्तिम भुक्तानिका लागि अस्पताललाइ पत्रचार गरेको थियो । जिल्ला अस्पताल बाजुराले पनि आर्थिक बर्ष ०८०/०८१ असार मसान्तमा सम्पुर्ण भुक्तानि गरिसकेको छ ।
निर्माण सम्पन्न भएको एक बर्ष देखी नै पानि परेको दिनमा करोडौ लगानिमा निर्माण भएको भवन चुहिनुले निर्माण कम्पनी माथि प्रश्न रहेको स्थानिय तुला बहादुर रोकायाले वताएका छन् । भवन निर्माणको कामप्रति नै प्रश्न चिन्ह खडा भएको रोकायाले वताएका छन् । एक बर्ष पहिला अस्पतालले लेखेको पत्रमा इमरजेन्सी भवन र अन्य ठाउँमा चुहिने गरेको वताएको थियो ।
जिल्ला अस्पताल बाजुरा ५० शै्या अस्पताल हो । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे–लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का २०७८ बैशाख ५ मा सक्ने गरि सम्झौता भएको थियो । कम्पनीले सक्ने मिति भन्दा धेरै ढिलो निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गरेको थियो ।
जिल्ला अस्पताल बाजुराको भवन शहरि विकास मन्त्रालय अर्न्तगत निर्माण भएको हो । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । अस्पतालमा चार वटा भवन निर्माण रहेको थियो । बाजुरा अस्पतालमा दैनिक १ सय जना भन्दा बढि बिरामी उपचारको लागि आउने गरेका छन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटिका प्राबिधिक मदन भट्टले एक बर्ष पहिला भनेका थिए, कतै समस्या आएकोले पानि चुहिएको हो । ठेकेदारलाइ जानकारी गराइसकेको छ, चाडै मर्मत गर्न लगाउने उनले वताएका थिए । चुहिने समस्या भएको एक बर्ष सम्म पनि मर्मतमा कुनै चासो छैन भने अर्कोतिर वेवास्ता गरिएको अस्पतालका एक कर्मचारीले भने । पानि परेको दिनमा चुहिने भएकाले बिरामीको उपचारमा समस्या भएको अस्पतालले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार