• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले ५३ करोड ९० लाखको बजेट ल्यायो

बुढिगंगा नगरपालिकाले ५३ करोड ९० लाखको बजेट ल्यायो

  • मङ्लबार, असार १०, २०८२
बुढिगंगा नगरपालिकाले  ५३ करोड ९० लाखको बजेट ल्यायो

बाजुरा– बुढीगंगा नगरपालिकाले ५३ करोड ९० लाख ८३ हजार ५ सय ९२ रुपियाको बजेट आएको छ । जसमा चालु तर्फको बजेटमा १३ करोड ६७ लाख ८३ हजार ५ सय ९२ र पुजिगत ४० करोड २३ लाखको बजेट प्रस्तुत गरिएको हो । सभाको १२ औं अधिबेशनले निति तथा कार्यक्रम संगै बजेट समेत ल्याएको नगरका प्रबक्त हेमराज जोशीले बताए ।
“शिक्षा स्वास्थ्य कृषि पर्यटन र पूर्वाधार सुरक्षित समृद्ध बुढिगंगा विकासको आधार“ भन्ने मुल नाराका साथ अधिवेशन मार्फत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,पूर्वाधारलगायतका क्षेत्रमा सुधार ल्याउने योजना समेटिएको नगर प्रबक्ता जोशीले बताएका छन । आगामी वर्ष नगरपालिकाले आफ्नै आयोजना बैंक निर्माण गरी परियोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने योजना ल्याएको उनले बताए ।
नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने गरि बजेट ल्याईएको नगरपालिकाले जनाएको छ । नगरको आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ बजेटमा समाबेश हुने नगरपालिकाले जनाएको छ ।
त्यसै गरि नगरसभाबाट बिभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गर्ने निर्णय समेत गरिएको नगर प्रबक्ता जोशीले बताए । सभावाट शेर ब शाह समाजसेवा सम्मानबाट –सम्मानित चन्द्र व थापा बुढिगंगा नगरपालिका २, नरसिह गिरि शैक्षिक सम्मानबाट सम्मानित– रंग व खाति बुढिगंगा पालिका वडा न ४ रत्नाकार जोशि साहित्य सम्मानबाट सम्मानित –लाल व थापा नगरपालिका वडा न २, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुरस्कारबाट सम्मानित –महोनदेव भट्ट भानोदय नमुना मा बि का प्र अ बुढिगंगा ४
चेतनदिप ऐडि सफल युवा उद्दमी पुरस्कारबाट सम्मानित उमाकान्त पाध्याय बुढिगंगा नगरपालिका वडा न ६, राष्ट्र सेवक कर्मचारी विशिष्ट योदान पुरस्कारबाट सम्मानित डम्बर व थापा नगरपालिका ५ र स्वास्थ्य क्षेत्र विशिष्ट योगदान पुरस्कारबाट सम्मानित हिक्मत कटुवाल बुढिगंगा ४ रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार