शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर

बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर

  • शुक्रबार, असार ६, २०८२
बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ९ कार्कितोला र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयबागेश्वरीमा एकदिने निस्शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय,भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको प्राबिधिक सहयोग तथा गिफ्ट बाजुराको आयोजनामा सो एक दिने पशु स्वस्थ्य शिविर संचालन गरिएको हो।
शिविरमा गाई,गोरु,भैंसी र बाख्रामा हुने विभिन्न खालका रोगहरुको चेकजाँच तथा उपचार गरि आन्तरिक तथा बाह्य परजिबिका लागि भ्यक्सिन लगाइएको र जुका,खोकी,निमोनिया, र विभिन्न प्रकारका भिटामिन वितरण गरिएको भेटेनरी अस्पताल बाजुराका पशु प्राबिधिक हस्त बहादुर शाहीले बताएका छन ।

आन्तरिक तथा बाह्य परजिबिका लागि लगाइएको खोप तथा उपचार सेवाले पशुमा हुने महामारी कम्तिमा २ बर्ष सम्म हुन नदिने हुँदा शिविर संचालनले स्थानिय पशुपालक किसान खुशी भएका छन्। शिविरमा बुढिगंगा ९ कार्कितोला र खप्तड छेडेदह गाउँपालिका २ जयबागेश्वरी क्षेत्र भित्रका करिब ४ सय जना किसानका ५ हजार भन्दा बढी पशुमा भ्याक्सिन लगाउनुका साथै चेकजाँच, र उपचार गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार