बाजुरा— बालबालिका तथा महिला उत्तरदायी योजना र बजेट निर्माणसम्बन्धी एकदिने कार्यक्रम बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा यूरोपियन यूनियन, संयुक्त राष्ट्रसंघ, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल तथा निड्स नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बसुन्धरा रोकायाले महिलामैत्री नीति र योजनाका माध्यमबाट स्थानीय सरकारहरू अझ उत्तरदायी बन्नुपर्ने बताएकी छन् । उनले महिलाहरूको सहभागिता नीति निर्माणमा मात्र सीमित नरही कार्यान्वयन तहमा समेत सशक्त रूपमा स्थापित हुनुपर्ने आवश्यकता औंल्याइन्। “महिलाका सवालमा अब पछि होइन, अगाडि बढ्ने समय आएको छ,“ रोकायाले भनिन्, “स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा महिलाको हित सुनिश्चित गरिनु वर्तमान आवश्यकता हो। यस्तो खालको कार्यक्रमले हामी सबैलाई उत्तरदायी बन्न थप ऊर्जा र प्रेरणा दिन्छ।“ उनले भनिन् ।
सम्बन्धित नीति, योजना, ऐन, नियम तथा कार्यक्रम तर्जुमा गर्दा लैगिंक मैत्री बनाउन सहयोग गर्ने र लैगिंक उत्तरदायी बजेटको लागि पहल गरी प्रभावकारी कार्यान्वयन गर्ने गराउने सबै तहका सरकारको अधिकार क्षेत्रमा पर्ने र बिषेस गरि महिला जनप्रतिनीधीले सो बिषयमा आवज उठाउन आवस्यक रहेकाे बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाकाे भनाइ रहेकाे छ । यस्ता कार्यक्रमले महिला र बालबालिका हकहितमा लाग्न प्रेणा मिल्ने उप प्रमख थापाले बताइन ।
वर्तमान परिवेशमा शासन व्यवस्थामा आएको परिवर्तन अनुसार सङ्घीय संरचनामा सबै तहमा लैगिंक मूल प्रवाहीकरण गर्नु आवश्यक छ । यो विषय बहु निकायको समन्वय तथा सहकार्यमा हुने भएकोले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था निड्स नेपालकी फिल्ड सयाेजक रामदेवी थापाले बताएकी छन् । लैगिंक विषयलाई व्यवस्थित ढङ्गले कार्यान्वयन गरी क्रमशः सबै तहमा र क्षेत्रमा संस्थागत सबै निकायहरूको अहम भुमिका र महिला तथा बालबालिका मैत्री समाबेशी बन्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थापाले बताइन। छलफल अन्तरक्रिया र अभिमुखीकरणको माध्यमबाट तत् तत् निकायहरूका लैगिंक मुद्दाहरूलाई मूल प्रवाहीकरण गर्ने प्रयास गरिएको उनको भनाई रहेको छ ।
कार्यक्रममा बडीमालिका नगरपािलका महिला जनप्रतिनिधि, कर्मचारीहरुकाे सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन बडीमालिका नगरपालिकाका कर्मचारी कृष्ण खड्काले गरेका थिए। एकदिने साे कार्यक्रमले स्थानीय तहमा बालबालिका र महिलामैत्री योजना तथा बजेट निर्माण प्रक्रियालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। कार्यक्रम बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा संविधानसभा सदस्य बसुन्धरा रोकाया रहेकी थिइन् ।