शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बिमा कम्पनी र सराेकारवाला बिचकाे समन्वय गोष्ठी सम्पन्न

बाजुरामा बिमा कम्पनी र सराेकारवाला बिचकाे समन्वय गोष्ठी सम्पन्न

  • सोमवार, जेष्ठ २७, २०८२
बाजुरामा  बिमा कम्पनी र सराेकारवाला बिचकाे समन्वय गोष्ठी सम्पन्न

बाजुरा– बिमा कम्पनी र सरोकारवालाबीच समन्वय गर्न एकदिने गोष्ठी सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आयोजनामा र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सहकार्यमा बिमा कम्पनी र सरोकारवालाबीच समन्वय गर्न एकदिने गोष्ठी सम्पन्न भएको हो । जिल्ला स्थित भेटेरेनरी अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा पशु तथा कृषि बिमाको वर्तमान अवस्था, चुनौति र सुधारका सम्भावनाबारे गहिरो छलफल गरिएको थियो ।
कार्यालय प्रमुख जोशीले पशुपालन तथा कृषि क्षेत्रमा देखिने जोखिमलाई न्यूनीकरण गर्न बिमा प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताए । “सामान्यतः किसान र पशुपालकले बिमा प्रक्रिया बुझ्न नपाएर लाभ लिन नसकेको बताएका छन,“ उनले भने, “यसलाई सरल, पारदर्शी र पहुँचयोग्य बनाउने काममा सबै तहको सहकार्य आवश्यक रहेको बताए ।“
कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका बाजुरा शाखा प्रमुख नितेश शाहीले जिल्लाभर पशु तथा कृषि बिमा कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनले बिमा गराउँदा किसानले पाउने प्रत्यक्ष लाभ, दाबी प्रक्रिया, आवश्यक कागजात र समयावधि बारे सहभागीहरूलाई प्रष्ट पारे। “हामी बिमा प्रक्रियालाई डिजिटल र छिटो बनाउने प्रयत्नमा छौं,“ शाहीले भने, “स्थानीय तह र पशु सेवा कार्यालयको सहकार्य बिना यो सम्भव नभएकोले सरोकारवाला सबै पक्षले यस बिष्यमा लाग्न अनुरोध समेत गरेका छन ।“ बाजुरा जिल्ला भौगलिक कठीनाईका कारण केही समस्या भएको र बिमा सम्बन्धी सचेतनामा कमि हुदा बिमा गर्नेको संख्या न्युन रहेको उनले बताए ।
गोष्ठीमा सहभागीहरूले बिमा सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। कतिपयले विगतमा बिमा गरे पनि दाबी गर्न कठिन भएको र जानकारी अभावले सेवा लिन नसकेको जस्ता अनुभव सुनाएका थिए । इन्स्योरेन्स कम्पनी बाजुरा शाखाका प्रमुख शाहीले ती प्रश्नको समाधान दिन प्रयत्न गरेका थिए।
कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले आ–आफ्नो पालिकामा बिमा विस्तार गर्न योजना बनाइरहेको भए पनि बिमा सम्बन्धी जानकारी नहुदा केही कठीनाई हुदै गएको बताएका थिए ।
गोष्ठीको समापनमा भेटेरेनरी अस्पतालका प्रमुख जोशीले जिल्लामा बिमा सचेतना कार्यक्रम, स्थानीय तहमा बिमा सहजीकरण केन्द्रको स्थापना र कृषक समूहहरूसँग प्रत्यक्ष सम्वाद गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले सरोकारवाला निकायबीच विश्वास र सहकार्यको नयाँ वातावरण सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्दै बिमा सेवालाई ग्रामीण स्तरसम्म लैजाने आवस्यक रहेको समेत बताए ।
कार्यक्रम भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जोशीको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चालन सोही कार्यालयका सुचना अधिकारी जगत थापाले गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार