शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • समाज
  • अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका

  • मङ्लबार, जेष्ठ २१, २०८२
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका

हुम्ला २० जेठ– जिल्ला सदरमुकाम स्थित सिमकोट गाउँपालिकाले सोमबार देखि अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको छ । नागरिकता प्रमाणपत्र सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको हो ।

हिजो सोमबार पहिलो दिन एक महिला र दुई पुरुषलाई अनलाइन मार्फत सिफारिस प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङ्डुङ लामाले बताए । उनका अनुसार गाउँपालिकाले केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) अनुसार सिफारिस दिन थालेको हो । यो प्रणाली सुरु भएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइन मार्फत सिफारिस गर्ने उनले जानकारी दिए ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखी करणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधि मैत्री सेवा प्रवाह हुने, झुटो र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने गाउँपालिका सूचना अधिकारी लामाले बताए ।

विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुनेछ । वडा–४ बुराउँसेबाट सुरु भएको यो सेवा अब प्रत्येक वडामा लागू हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार