बाजुरा—बाजुरामा ९ बर्षीया बालिकामाथि जवरजस्ती करणी भएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाकी ९ बर्षीय एक बालिकामाथि जवरजस्ती करणी भएको हो ।
चैत्र ९ गते सोही ठाउँका अन्दाजी ६० बर्षका हिरामणी जैशीले बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । करिब एक महिनापछि यहीँ बैशाख २ गते बालिकाको परिवारले ती पुरुषमाथि जवरजस्ती करणीको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै आरोपित पुरुषले बालिकालाई घरमै बोलाएर जवरजस्ती करणी गरेको जोहरीमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आरोपित पुरुष फरार रहेकाले खोजी कार्य भइरहको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।