• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा कारागारको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आह्वान

बाजुरा कारागारको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आह्वान

  • सोमवार, माघ २८, २०८१
बाजुरा कारागारको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आह्वान

बाजुरा—बाजुरा जिल्ला कारागारको नयाँ प्रशासनिक भवन निर्माणका लागि टेण्डर आह्वान भएको छ । जिल्ला कारागारमा सुविधायुक्त नयाँ भवन निर्माणका लागि ३५ दिने सूचना जारी गर्दै टेण्डर आह्वान गरिएको हो ।

बाजुरा कारागारका प्रमुख अनिलकुमार तिवारीका अनुसार २०८१ माघ १५ राष्ट्रिय पत्रिकामार्फत प्रशासनिक भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । उनका अनुसार कुनै पनि निर्माण कम्पनीले माघ १५ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने छन् । पुनःनिर्माण प्राधिकरण अन्तर्गत सहरी विकास भवन निर्माण कार्यालयको करोडौं बजेटमा कारागारको नयाँ भवन निर्माण हुदैँ छ ।

कार्यालयका अनुसार करिब ४४ बर्षअघि बनेको कारागारको भवन जीर्ण बन्दै गएपछि अहिले महिला र पुरुष दुवैको लागि सुविधायुक्त नयाँ प्रशासनिक भवन बन्न लागेको हो । २५ जना कैदी बस्ने क्षमता भएको कारागारको जीर्ण भवनमा अहिले पनि करिब तेब्बर कैदीबन्दी बसिरहेका छन् ।

२०३७ सालमा निर्माण भएको जिल्ला कारागारमा २ वटा पुराना घर छन् । उक्त कारागारको जीर्ण भवनमा अटाई नअटाई कैदीबन्दी बसिरहेका छन्। माटोको गारोले बनेको कारागार भवन जीर्ण भएकाले भित्ताको माटो हात लगाउदा खस्ने, टिनको छानो चुहिने र बर्षातमा कैदीबन्दीहरुलाई शौचालय प्रयोगमा समस्या हुने गरेको जनाएको छ । कारागारको भौतिक संरचना जीर्ण हुँदा आन्तरिक र बाह्य सुरक्षा चुनौती समेत रहेको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार