मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • समाज
  • प्रकाशकीय : बडिमालिका खवर आजबाट साताैँ वर्षमा प्रवेश

प्रकाशकीय : बडिमालिका खवर आजबाट साताैँ वर्षमा प्रवेश

  • आइतवार, माघ २७, २०८१
प्रकाशकीय : बडिमालिका खवर आजबाट साताैँ वर्षमा प्रवेश

डिजिटल प्रविधिको युगसंगै बाजुरा जिल्लामा ६ बर्ष अगाडि देखि संचालनमा आएको बडिमालिका मिडिया हाउसद्धारा संचालित www.badimalikakhabar.com डिजिटल अनलाइन पत्रिका आजदेखी ६ बर्ष पुरा गरि सातौ बर्षमा प्रवेश गरेको छ ।

सो उपलक्ष्यमा अनलाईनलाई माया गर्नुहुने सम्पुर्ण शुभचिन्तक पाठकवर्ग विज्ञापनदाता, स्थानीयतह राजनितिक दल, पत्रकार, नागरिक समाज लगायत सम्पुर्ण शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दछौ । बडिमालिका खवर आजबाट सातौ वर्षमा प्रवेश गरेको छ । द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा ६ वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं ।

हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं । हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं ।

६ वर्षे यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा रहेको छ । यो ६ वर्षमा अनलाइन पत्रकारितामा बडिमालिका खवर डट कम सशक्त माध्यमको रूपमा उदाइसकेको छ । ६ वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं ।

हाम्रो यो यात्रामा थोरै भएपनि हामीले सामाजिक सेवा समेत गरेका छौ । पछाडी परेका वर्गको सवाल मात्र उठान नभई हामी उनिहरुको घाउमा मलम लगाउने काम गरेका छौ, औषधि अभावमा जीवन मरणमा रहेकालाई नयाँ जिवन दिन मिडिया हाउसले सहयोग गरेका छौ । कोरोनाले बिश्वभरी मिडिया हाउस प्रभावित रहँदा हाम्रो मिडिया हाउस त्यसबाट अछुतो रहन सकेन्, कोरोनाको बेला सवाल उठान मात्र नभई त्यो समय संकटमा परेका परिवारलाई सहयोग गरेका थियौ ।
तपाईंहरुको विश्वास नै हाम्रो सम्पति हो । हाम्रो सफलताको श्रेय तपाईं पाठकहरुमै जान्छ । अनलाइन पत्रकारिता अब मूलधारमा उदाइसकेको छ । बडिमालिका खवर अनलाइन समाचारहरुको भीडमा छुट्टै स्थान बनाउन सफल भएको हाम्रो ठम्याइ छ । ६ वर्षे यात्राको फेहरिस्त तपाईंहरु सामु छर्लङ भइसकेको छ । हाम्रो आकार, प्रतिष्ठा र व्यापारले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।

निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं र भएका पनि छैनौं । हामीलाई लाग्छ हाम्रो आफ्नै पहिचान र स्थान बनिसकेको छ । हामी आत्म प्रशंसामा शब्द खर्चदैनौं किनकी हामीले सिक्नुपर्ने पाटाहरु धेरै छन् ।

हामी हाम्रो सामग्रीहरुमा मात्र थप विविधता ल्याउनेछौं । हाम्रो सफलताको तिन वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्नेछौं ।
                        बडिमालिका खवर परिवार 

चर्चामा

सम्बन्धित समाचार