• होमपेज
  • बडिमालिका
  • ठुलीसाँघुमा पक्की पुल निर्माण कार्य सुरु, नगर प्रमुख खड्काद्धारा निग्रानी

ठुलीसाँघुमा पक्की पुल निर्माण कार्य सुरु, नगर प्रमुख खड्काद्धारा निग्रानी

  • शुक्रबार, माघ २५, २०८१
ठुलीसाँघुमा पक्की पुल निर्माण कार्य सुरु, नगर प्रमुख खड्काद्धारा निग्रानी

बाजुरा– सदरमुकाम मार्तडी नजिकैको मार्तडी घट्मुना सडक खण्ड अन्तरगत रहेको बाउलीगाड अर्थात् ठुलीसाँघुमा पक्की पुल निर्माण कार्य अगि बढेको छ । सम्झौता सकिन एक महिना बाँकी रहदा ठेकदार सर्म्पकमा आएर काम सुरु गरेको हो । ३ वर्षभित्र निर्माण कार्यसक्ने गरी २०७७ फागुन १० गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार आगामी फागुन ९ गतेसम्म सम्झौता सकिने मिति रहेको थियो ।
ठेकेदारका बदमासीका कारण सम्झौता मिति सकिन लाग्दा काम सुरु गरेको छ यसमा नगरपालिकाले निग्रानी बढाएको छ बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले बताए । उनले भने यो काम नसकुन्जेल योजनामा निग्रानी रहने नगर प्रमुख खड्काले बताए । बडीमालिका नगरपालिकाका नगर प्रमुख खड्काले समयमै काम सक्न निर्देशन गर्नुका साथै हरेक दिन आफै अनुगमन गर्ने र दिन भर भएको कामको विवरण माग्ने कार्य भईरहेको नगरप्रमुख खड्काले बताए ।

यतिबेला भने ठेकेदार कम्पनी बिकोई बिल्डर्स प्रा.लि.टंगाल काठमाण्डौंले निर्माण कार्य सुरु गरेको व्यवस्थापक अरुण भट्टराईले बताएका छन् । १६ करोड २१ लाखमा सम्झौता गरिएको महाकाली पुल योजना महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले बताएका छन । ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको ठेकेदार कम्पनी सम्पर्कमा आएर काम सुरु गरेको इन्जिनियर चन्दले बताएका छन् ।

३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पक्की पुल निर्माण हुने भएपछि जिल्लाका तीनवटा स्थानीय तहका नागरिकलाई सहज हुने भएको छ । वर्षेनी वर्षाद्को समयमा गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरु हाल सास्ती खेप्दै आईरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार