बाजुरा– बाजुरा सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ । जस्तापाताले छाएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
बुढीनन्दा नगरपालिका पाण्डुसैन घर भएका पशुपति थापाको जस्ताले छाएको घरमा आगलागी भएको बुझिएको छ । आगलागी नियन्त्रणका लागि सुरक्षाको टिम खटिएको बुझिएको छ । क्षति बारे विस्तृत जानकारी आउन बाँकी रहेको छ । आगलागीको कारण खेलेको छैन् ।