बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ का पुने धामी २२ बर्षदेखि भारतमा वेपत्ता अवस्थामा रहेका छन् । २०५९ सालमा रोजगारीका लागि छिमेकी देश भारतमा घरबाट गएका धामी हालसम्म सर्म्पकविहिन भएका हुन् ।
वेपत्ता धामीका छोरा सुशिल धामीले आफू सानो हुँदा रोजगारीको लागि भारतको दिल्लीमा गएको २२ बर्ष बितिसक्दा पनि सर्म्पकमा नआएको बताए । दिल्लीको भोजपुर भन्दै ठाउँबाट सर्म्पकविहिन भएकोमा आफूले सबै ठाउँ खोजी गदौ पनि कतै नभेटाएको उनले बताए । बुवालाई खोज्न अहिले आफू पनि दिल्लीमा गएर खोजी कार्य गरी रहेको भन्दै सबैलाई खोजी कार्य गरी दिन अनुरोध गरेका छन् ।
उनका दुई छोरा र एक छोरी छन् । वेपत्ता धामीलाई कतै भेटाए वा सर्म्पकमा आए परिवार र नजिकको प्रहरीलाई खवर गरी दिन परिवारले सबैलाई अनुरोध गरेका छन् ।