शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा नुन बिक्रीवितरण सहज बनाउन एमाले बडीमालिकाद्धारा प्रजिअको ध्यानाकर्षण

बाजुरामा नुन बिक्रीवितरण सहज बनाउन एमाले बडीमालिकाद्धारा प्रजिअको ध्यानाकर्षण

  • आइतवार, माघ २०, २०८१
सेयर गर्नुहोस् :
बाजुरामा नुन बिक्रीवितरण सहज बनाउन एमाले बडीमालिकाद्धारा प्रजिअको ध्यानाकर्षण

बाजुरा—नेकपा एमाले बडीमालिका नगर कमिटीले अनुदानको नुन बिक्रीवितरण सहज बनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको ध्यानाकर्षण गराएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा पुगेर अहिले जिल्लामा नुन लिन पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरेर बिक्रीवितरणमा असहज बनाइएको भन्दै नगर कमिटीले ध्यानाकर्षण गराएको हो ।
जिल्लामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुले समान पहुँच र समान सुविधा उपभोग गर्न पाउनुपर्ने एमाले नगर कमिटीको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सदरमुकाम मार्तडीमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड र डिपो कार्यालयबाट नुन लिन पनि वडाको सिफारिसको प्रावधान गरेर जनतामाझ परेको समस्याका बारेमा सिडियो पाध्याको ध्यानाकर्षण गराएको एमाले बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विकले बताएका छन् ।

त्यसै गरी एमाले नगर कमिटीले अबदेखि सहज रुपमा नुन वितरण प्रक्रिया गराई जनताले राज्यबाट पाउने सेवा सहजै उपभोग हुने व्यवस्था गरिनुपर्ने बताएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी पाध्याले नागरिकलाई नुन उपभोगमा सहजताका लागि वडाको सिफारिस गरिएको भन्दै सिफारिस प्रक्रियालाई अझ सहज बनाउन सकिने बताए ।

साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले २०८१ कार्तिक देखि अनुदानको नुन कालो बजारी हुने गरेको भन्दै त्यसलाई रोक्न वडाको सिफारिस अनिर्वाय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार