आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाज
  • कृष्ण सिंह बचाऔं अभियानमा बुढीगंगाका कर्मचारीको आर्थिक सहयोग

कृष्ण सिंह बचाऔं अभियानमा बुढीगंगाका कर्मचारीको आर्थिक सहयोग

  • शनिबार, माघ १२, २०८१
कृष्ण सिंह बचाऔं अभियानमा बुढीगंगाका कर्मचारीको आर्थिक सहयोग

बाजुरा —बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ जुवापानी बस्ने ३५ बर्षका कृष्ण बहादुर सिंहको बचाऔं अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट ग्रसित कृष्णको उपचारमा आर्थिक अभाव भएको भन्दै सञ्चालन गरेको कृष्ण सिंह बचाऔं अभियानमा विभिन्न व्यक्तिहरुले सक्दो सहयोग गरी रहेका छन् ।

बुढीगंगा नगरपालिकाका सहायक रोजगार संयोजक टंक सिंहकाे सहजीकरणमा कृष्ण बचाऔं अभियानमा अहिलेसम्म ७१ हजार १ सय २१ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । अभियानमा बुढीगंगा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु लगायतको सहयोगले सो रकम संकलन भएको छ। उक्त रकम कृष्णको बैंक खातामा जम्मा गरिएको छ । अहिले कृष्णको २ बर्षदेखि मनमोहन कार्डियो भास्कुलर अस्पतालमा उपचार भइरहेको छ ।

मुटु सम्बन्धी समस्या खेपिरहेका सिंहले अहिलेसम्म उपचार गर्न लाखौं रुपैयाँ खर्च गरी सकेका छन भने अझै ठूलो रकम उपचारमा लाग्ने भएपछि समस्यामा परेको आफन्तहरुले बताएका छन् । १५ बर्षकै उमेरमा मुटुमा समस्या भएपनि समयमै जानकारी नभएर उपचार नगर्दा अहिले उनी जटिल समस्यामा परेका छन् । उनको उपचारमा धैरै पैसा खर्च भइसकेको भन्दै अस्पतालले अझै धेरै पैसा लाग्ने भनेपछि आर्थिक अभावका कारण समस्या भएको छ ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न समस्या भएको भन्दै अहिले आफन्तहरुले सहयोगका लागि सबैलाई अनुरोध गरेका छन् । सबैको साना सानो सहयोगले कृष्ण नयाँ जीवन पाउने आश गर्दै सहयोगका लागि अनुरोध गरेका छन् । उनको उपचारमा थोरै भएपनि उनलाई तपशिलको खातामा थोरै भएपनि सहयोगका लागि अनुरोध गरेका छन् ।Name :-KRISNA BAHADUR SINGH AC Number :-00112100751231000001 Bank Number :-Mahalaxmi bikas Bank Ltd. Phone pay:-9865899717 थप जानकारीका लागि स्वयम बिरामी कृष्ण बहादुर सिंहलाइ 9865899717 यो नम्बरमा फोन गर्न सक्नुहुनेछ ।
May be an image of text

 

चर्चामा

सम्बन्धित समाचार