आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • राजनीति
  • भीम रावललाई एमालमै राख्ने प्रयास सफल भएन– स्थायी कमिटी सदस्य थापा

भीम रावललाई एमालमै राख्ने प्रयास सफल भएन– स्थायी कमिटी सदस्य थापा

  • बिहिबार, माघ १०, २०८१
भीम रावललाई एमालमै राख्ने प्रयास सफल भएन– स्थायी कमिटी सदस्य थापा

बाजुरा—नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले डाक्टर भीम रावललाई पार्टीमै राख्ने प्रयास सफल नभएको बताएका छन् । बिहिवार एमाले बडीमालिका नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

नेता थापाले भने, “रावललाई पार्टीमै राख्न गरेको धेरै कोसिस सफल भएन, उहाँ नभएपनि हामीले पार्टी बनाउनेछौ, अब उहाँले लिएको बाटो कुनै उपलब्धिको बाटो होइन ।” त्यस्तै नेता थापाले बाजुरा जिल्लामा एमालेका सुभचिन्तकहरुलाई कुनै अलमलमा नपर्न पनि आग्रह गरेका छन् ।

भीम रावलले लिएको बाटो समयको बर्बादी मात्रै हुने भन्दै पार्टीलाई बलियो बनाउनका लागि पार्टीमा लागेका व्यक्तिलाई जोगाइ राख्न आफूहरुको प्रयास जारी रहने नेता थापाले बताए । अहिले रावललको बाटोमा कतिपय व्यक्तिहरु पछि लागि रहेकोले त्यो बाटोमा एक बर्ष भन्दा बढी कोही नटिक्ने समेत नेता थपाले दावि गरेका छन् ।

त्यस्तै कार्यक्रममा नेता थापाले बामदेव गौतमलाई पटक पटक बिगार्नका लागि पार्टीमा आएर कुनै काम नहुने भन्दै नबिगार्ने गरी एमालेमा आउन सुझाव दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार