• होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे बुढिनन्दा नगरपालिकामा एक घरमा आगलागी, बिभिन्न धनमाल जलेर नष्ट

बाजुराकाे बुढिनन्दा नगरपालिकामा एक घरमा आगलागी, बिभिन्न धनमाल जलेर नष्ट

  • बिहिबार, जेष्ठ २४, २०८१
बाजुराकाे बुढिनन्दा नगरपालिकामा एक घरमा आगलागी,  बिभिन्न धनमाल जलेर नष्ट

बाजुरा–  बाजुरा, बुढिनन्दा  नगरपालिका १ तल्लो कोल्टी बजारमा एक घरमा आगलागी भएकाे छ । बुधबार राती ९ बजेतिर काेल्टी बजार स्थित माने लुहारको घरमा बिजुलीको तार सर्ट भएर आगलागि भएकाे हाे ।

घरको एक कोठामा आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, एक वटा ल्यापटव  लगायतका सामानहरु गरी अन्दाजी एक लाख ५० हजार बराबरकाे धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।

मानबिय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएकाे छ ।  स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियाे सो आगलागि  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार