शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • सोमवार, बैशाख १०, २०८१
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ— सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार