मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट गर्भवतीको हवाई उद्धार

बाजुराबाट गर्भवतीको हवाई उद्धार

  • शुक्रबार, चैत्र ३०, २०८०
बाजुराबाट गर्भवतीको हवाई उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुराबाट एक जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बडिमालिका नगरपालिका वडा ८ की सन्तोषी कुमारी दानीको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछी अस्पताल पुगेकी ३२ बर्षिया दानीको पाठेघरमा समस्या भई बच्चा बाहिर निस्केको र पेटमा रगत जम्मा भएकोले जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेनाले बताएका छन ।
बिरामीको अवस्था नाजुक भएपछि जिल्ला अस्पताल बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत थप उपचारका लागि सुर्खेत लगिएको  दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र सिंहले बताए। दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि बाजुराका सुत्केरी तथा गर्भवती महिलाका लागि राहत भएको  दुर्गाभन्जन गुल्मका गुल्मपती  सिंहकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार