मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बहुउदेश्यीय कर्भडलको स्वरुप परिर्वतन

बाजुरा बहुउदेश्यीय कर्भडलको स्वरुप परिर्वतन

  • आइतवार, चैत्र २५, २०८०
बाजुरा बहुउदेश्यीय कर्भडलको स्वरुप परिर्वतन

बाजुरा– बाजुराको सरदमुकाम मार्तडीमा रहेको २ करोड बढि लगानीमा निर्माणाधिन बहुउदेश्यीय कभर्डहलकाे स्वरुप परिवर्तन भएकाे छ ।  ८ बर्ष अगाडी निर्माण कार्यकाे थालनि भएकाे हलकाे  नगरपालिकाद्धारा निर्माण कार्य गरिएकाे हाे  ।

२०७३ सालमा निर्माण कार्य शुरु गरिएको बहुउदेश्यीय कभर्डहलको अलपत्र परेपछी बडिमालिका नगरपालिकाको लगानीमा निर्माण गरिएको  छ । बहुउदेश्यीय कभर्डहल भनेर नाम दिइएको भए पनि निर्माण पुरा नहुँदा ८ बर्षदेखी अलपत्र परेको थियो । जिल्लाको सदरमुकाममै कभर्डहल अलपत्र परेपछी बडिमालिका नगरपालिकाले २५ लाख बजेट बिनियोजन गरी निर्माण कार्य गरिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

२०७३ बैशाख ११ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले शिलान्यास गरेका थिए । संबिधानसभा सदस्य तथा तत्कालीन उध्योग मन्त्री कर्ण बहादुर थापाको संसद बिकाश कोषबाट बजेट बिनियोजन गरी निर्माणको थालनी गरिएको थियो ।
२०७३ सालमा संबिधनसभा सदस्य थापाको संसद् विकास कोषबाट ५० लाख विनियोजन भएर निर्माण कम्पनीले ईस्टेटमेन्ट अनुसारको काम नगरेको जिल्ला खेलकुद समितिको तथ्याकंमा उल्लेख छ ।

बिक्रम संबत २०७४ सालमा खेलकुद परिषद्बाट ४० लाख, २०७५ सालमा खेलकुद परिषद्बाट पुनः ४० लाख गरी ८० लाख र वि.स २०७५ सांसद लालबहादुर थापाको संसद् विकास कोषबाट ४५ लाख विनियोजन भएको भए पनि ठेकदारको लापरबाहीका कारण काम हुन नसकेको खेलकुद बिकास समितिले जनाएको छ ।

त्यसै गरी २०७६ सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्बाट ५० लाख विनियोजन गरि निर्माण व्यवसायी रामप्रसाद रेग्मीले जिम्मा लिए इस्टिमेटअनुसारको काम देखाएर सबै रकम निकासा  भयो तर काम पुरा नगरेको खेलकुद समितिका अध्यक्ष राकेश थापाको भनाई रहेको छ ।
देशमा संघियता आएपछि खेलकुद विकास समिति प्रदेश सरकार अन्तर्गत भएपछी कभर्डहल अलपत्र परेको थियो । बहुउदेश्यीय नाम दिएको कभर्डहलमा तिनै तहको सरकारको व्यवास्ताका कारणले निर्माण पुरा नहुदैँ अलपत्र अवस्था रहेपछी बडिमालिका नगरपालिकाले २५ लाख बजेट विनियोजन गरि हाल निर्माण कार्य गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।

बाजुराको खेल क्षेत्रको विकास र यहाँका युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ उक्त कवर्डहल निर्माणको थालनी गरिएको थियो । रकम अभावकै कारण कवर्डहल निर्माण कार्य विचमै अलपत्र परेको जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् ।

सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा यहाँका खेलाडीहरुले सरकारी विद्यालयसंग मैदानका लागि गुहार गर्नु पर्ने बाध्यता रहेको छ । बिचमा ठेकेदार, खेलकुद विकास समिति, तत्कालिन प्राबिधिक कार्यलय र नगपालिकाको चरम लार्पवाहिले अलपत्र परेको स्थानियको आरोप रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार