शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिकका गुनोसा सुन्न र आगामी कार्यक्रमको सुझाव लिन नगर प्रमुख खड्का सहितकाे टाेली गाउँ गाउँमा

नागरिकका गुनोसा सुन्न र आगामी कार्यक्रमको सुझाव लिन नगर प्रमुख खड्का सहितकाे टाेली गाउँ गाउँमा

  • आइतवार, चैत्र १८, २०८०
नागरिकका गुनोसा सुन्न र आगामी कार्यक्रमको सुझाव लिन नगर प्रमुख खड्का सहितकाे टाेली  गाउँ गाउँमा

बाजुरा‍‍– बडिमालिका नगरपालिकाले जनताका गुनासा सुन्न र आगामी कार्यक्रमको सुझाव लिने कार्यक्रम थालनी गरेको छ । नगरपालिकाले चालु बर्षमा सञ्चालन भइरहेका र कार्यान्वयन चरणमा रहेका कार्यक्रमहरुको समिक्षा, सुझाव र गुनासा सुन्न ९ वटै वडामा सुरु गरेको हो ।
नगर प्रमुख सहितको टोलीले गाउँमा गएर नागरिकका गुनासा सहित आगामी कार्यक्रमका बारेमा सुझाव संकलनमा हुमिएका छन । बडीमालिका नगरपालिकाले प्रत्येक शुक्रबार र शनिवार नगरपालिकाबाट प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका बारेमा जनताबाट गुनासो सुन्ने र आगामी वर्षका लागि वडा तथा नगरमा गर्नुपर्ने कार्यक्रम तथा योजनाको सुझाव लिने कार्यक्रमको वडा नंः १ बाट सुरु गरेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
कार्यक्रममा सरोकारवालाले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाकोे जानकारी र योजनाको समयमै कार्यान्वयन हुनुपर्ने बिषय उठान गरेका थिए । नगरपालिकाले रैथाने बालीको प्रवद्र्धन गर्न लिएको निति महत्वपूण भएको र आगामी दिनमा थप निति तथा कार्यक्रमले अझ बढावा दिदै पालिकाले उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा स्थानियहरुले जोड दिएका छन् ।
कार्यक्रममा बडीमालिका नगरपालिकाले दिदै आएका सेवा प्रवाहलाई छिटोछरितो बनाउन काम भइरहेको र जनसमुदायबाट आएका सुझाव सल्लाह तथा गुनासालाई आत्मसात गर्दै नगरलाई सुःख दःुख बिसाउने चौतारीको रुपमा विकास गर्दै लैजाने प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केशीले बताएका छन् ।
कार्यक्रममा प्रत्येक वडा जोड्ने सडक बाटोको स्तरोन्नति, महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम, आय आर्जनका कार्यक्रममा जोड, सामुदायिक वन व्यवस्थापन, शैक्षिक गुणस्तर वृद्धि, ढल निकास, रोजगारीको अवसर सिर्जना गर्ने खालका कार्यक्रम समुदाय स्तरमा सञ्चालन गर्न सुझाव प्रस्तुत भएका थिए ।
नगरपालिकाले जनसुदायका सुझाव तथा गुनासालाई गम्भिर रुपमा लिदै र सोही अनुरुपको समाधानको बाटा पहिल्याउने तथा आगाीि वर्षको कार्यक्रम तर्जुमा गर्दा सम्बोधन गर्ने गरी लाग्ने नगर प्रमुखले अमर बहादुर खड्काले बताए ।
नगरपालिकाले रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालय दिवा खाजामा साताको एक दिन अनिवार्य रैथाने बालीको परिकार बनाउन लगाउने, कोदोको बिष्कुट बनाउने उद्योग स्थापना, कृषिहाट बजारको निर्माण कार्य अन्तिम चरणमा रहेको, स्वास्थ्य सहरी केन्द्रमार्फत बस्ती स्तरमा सेवा प्रवाह भएको र नगरपालिकाले विद्यालय, स्वास्थ्य र सचेतना, कृषी, पर्यटन र यातायात मोडल मार्फत नगरपालिकालाई अगाडि बढाउन लागिरहेको नगर प्रमुख खड्काले बताए ।
समापनमा बोल्दै वडा नं १ का अध्यक्ष कृष्ण बहादुर कार्कीले जनसमुदायबाट उठान भएका जनगुनासालाई सम्बोधन गर्दै लैजाने र वडाबाट सञ्चालन गरिने कार्यक्रममा सबैलाई समेट्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वडा नंः १ का वडा अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केशी रहेको थिए भने कार्यापालिका सदस्य बुदे ल्वार, वडा नं १ का वडा सदस्यहरु, नगरपालिका सेवा केन्द्र प्रमुख, नेकपा एमालेका जिल्ला कमिटि सदस्य लाल बहादुर कार्की, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, कर्मचारी लगायत बाक्लो स्थानीहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार