शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • चेतनदीप अयडीलाई न्यायकाे माग गर्दै एमाले बाजुरा आन्दाेलित

चेतनदीप अयडीलाई न्यायकाे माग गर्दै एमाले बाजुरा आन्दाेलित

  • मङ्लबार, चैत्र १३, २०८०
चेतनदीप अयडीलाई न्यायकाे माग गर्दै एमाले बाजुरा आन्दाेलित

बाजुरा १३ चैत्र– अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्याका आरोपिहरुलाई कारबाहीको माग गर्दै नेकपा एमाले बाजुरा आन्दाेलित भएकाे छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अयडीको हत्यामा संलग्न सबैलाई कानुन बमोजिम कारवाहीको माग गर्दै नेकपा  एमाले बाजुरा शान्तिपूर्ण आन्दाेलत तथा धर्ना कार्यक्रम सुरु गरिएकाे नेकपा एमाले बाजुराका अध्यक्ष भरत थापाले जानकारी दिएका छन् ।

स्वर्गीय अयडीको हत्याका आरोपितलाई कारवाहीको मागसहित न्यायका लागि आजबाट शान्तिपूर्ण आन्दोलन सदरमुका मार्तडीमा सुरु गरेको नेकपा एमाले बाजुराले जनाएकाे छ ।  एमाले बाजुराकाे नेतृत्वमा पार्टीका भातृसङगठनद्वारा कार्वाहीकाे माग सहित न्याय नपाएसम्म पुनः निरन्तर शान्तिपूर्ण आन्दाेलनका कार्यक्रमलाई अघि बढाउने एमाले बाजुराका अध्यक्ष भरत बहादुर थापाले बताएका छन् ।

चैत्र  १२ गते चेतनदीप अयडीकाे हत्यामा आराेपीत १२ जनालाई प्रहरीले पक्राउ गरि अदालत हाजिर गराएर बयान सुरु गरिएकाे छ । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको छ । उनीहरु मध्ये  मंसिर १९ गते सर्वच्चो अदालतको आदेश अनुसार ४ जना शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउनु आदेश दियो भने रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहा गर्न आदेश दियो । त्यस्तै  चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीन लाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दानसिंह भण्डारीले बताए ।

ज्यान मार्ने कसुर जस्तो जगन्य अपराधका आरोपितलाई सर्वच्चाे अदालतले साधारण तारिकमा रिहा गर्न दिएकाे आदेश प्रति नेपका एमाले बाजुराकाे असहमित रहेकाे अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले निर्दाेष नफसुन र दाेषि नउम्कीउन भन्ने उश्येका साथ आन्दाेला सुरु गरिएकाे बताएका छन् ।

७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार