मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • सोमवार, चैत्र १२, २०८०
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाम—अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

चर्चामा

सम्बन्धित समाचार