शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बडिमालिका ६ कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट

  • सोमवार, चैत्र १२, २०८०
बडिमालिका ६ कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट

पदमबहादुर सिंह/ बाजुरा १२ चैत्र– बाजुरा जिल्लाको बडिमालिकाका नगरपालिका ६ कोर्धमा आगलागि हुदा तीन घर जलेर नष्ट भएका छन् । चैत्र ११ गते साझ बडिमालिका नगरपालिका ६ स्थित अम्म बडुवाल,बलबहादुर बडुवाल र बादुरे बडुवालकोसंगै जोडिएको ३ तले घरमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
दिउसो घरमा सवै काममा गएको समयमा साझ सात बाजेतिर एक्कोसी घरमा आगोको मुस्लो देखिएपछि छिमेकीले थाहा पाएको बडिमालिका नगरपालिका ६ का वडा अध्यक्ष कृष्ण खड्काले बताए ।
बिजुलीको लाईन सट भएर आगलागि हुन घरमा भएको लत्ता कपडा खाद्यन्न लगाएत सवै सामान जलेर नष्ट भएको छन् । आगलागिबाट मानबीय र पशुचौपाएको क्षेति नभएको प्रहरीले जानकारी दिएको छ । आगलागिको बिस्त्रित कारण अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागि स्थानिय जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार